आज मध्यान्हपछि मेघगर्जसहित वर्षा हुने

94
Shares

काठमाडौं । देशका पूर्वी तथा मध्य पश्चिमी पहाडी भेगमा आज मध्यान्ह साँझपछि मेघगर्जसहित बर्षा हुने भएको छ ।

पूर्वी भू–भागहरु लगायत मध्य र पश्चिमि पहाडि भेगहरुमा दिउँसो आंशिक बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साँझपख मध्य र पूर्वी हिमाली भेगका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

उहाँका अनुसार देशका पश्चिमी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकि भू–भागहरुमा आंशिक बदली रहनेछ । पश्चिमी भेगका थोरै स्थानहरुमा र मध्य र पूर्वी पहाडी भेगका एक–दुई स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिएको प्रधानाङ्गको भनाइ छ ।

राती पनि हिमाली भेगका केही स्थानमा हल्का हिमपातको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।