मुसिकोटमा प्रदेश स्तरको सांस्कृतिक सम्मेलन हुने



धनवीर दाहाल, रुकुम ।

कर्णाली प्रदेशको सस्कृतिको प्रचार प्रसार र प्रर्बद्धनका लागी रुकुम पश्चिममा बृहत सांस्कृतिक सम्मेलन हुने भएको छ । जिल्ला समन्वय समिती रुकुम पश्चिमको आयोजनामा मुसिकोटमा पहिलो पटक प्रदेश स्तरकै सांस्कृतिक सम्मेलन हुने भएको हो । चैत्र २४,२५ र २६ गते जनआन्दोलन दिवसको अवसर पारी बृहत सांस्कृतिक सम्मेलन आयोजना गर्न लागेको जिल्ला समन्वय समिती प्रमुख राजकुमार शर्माले बताउनुभयो ।

कर्णाली प्रदेशका लोपउन्मुख कला, संस्कृति, भेषभुषा तथा बाजागाजाको संरक्षण एवं प्रर्बद्धन गर्ने , रारा भ्रमण बर्षका उपलब्धीलाई संस्थागत गर्ने, रुकुम पश्चिमका रहेका मौलिक संस्कृतिको संरक्षण गर्ने, कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन टेवा पुर्याउने, स्थानीय उत्पादित बस्तुलाई बजारीकरण गर्ने लगाएतका उद्देश्य राखेर उक्त सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको हो ।

सामान्य नाचगान गर्न मात्र नभई सिंगो कर्णालीको संस्कृतिको झल्को दिनेखालको कार्यक्रम हुन लागेको समन्वय प्रमुख शर्माले जानकारी दिनुभयो । जिल्लामा छरिएर रहेका कला संस्कृतिलाई संगठित गरी संरक्षण गर्नु र पुस्ता हस्तानतरण गर्न मुख्य चुनौती भइरहेको बेला यो सम्मेलनले त्यस्तो चुनौतीको खाडल पुर्ने उहाँको बिश्वास छ ।

कर्णाली प्रदेशका १० वटै जिल्ला र प्रदेश नं ५ अन्र्तगत रुकुम पुर्व जिल्लाबाट पनि समुन्वय समिती प्रमुखको नेतृत्वको टोलीले सांस्कृतिक सम्मेलनमा भाग लिने छ । यसै गरी जिल्लामा रहेका बिभिन्न ऐतिहासिक क्षेत्रलाई पर्यटकिय नगरीको रुपमा विकास गर्ने र सांस्कृतिक संग्रालय बनाउनका लागी पनि यो सम्मेलनले कोसेढुंगा तयार गर्ने जिल्ला समन्वय समितीका सदस्य धनवीर ओलीले बिश्वास व्यक्त गर्नुभयो । बृहत सांस्कृतिक सम्मेलनका लागी आबश्यक तयारी थालिएको ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्