संवैधानिक परिषद् बैठक बस्दै, प्रमुख निर्वाचन आयुक्तसहित थुप्रै आयोगका अध्यक्ष सिफारिसको तयारी



नेपाल समाचारपत्र, काठमाडौं ।

संवैधानिक परिषद्को बैठक सोमबार दिउँसो बस्दैछ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अवकाश पाएपछि रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गर्न दिउँसो ३ बजे परिषद् बैठक बस्न लागेको बताइएको छ । यादव ६ वर्षे कार्यकाल सकेर आइतबार अवकाश पाएका हुन ।

आजको परिषद् बैठकमा संविधानअनुसार गठन हुनु पर्ने राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी जनजाती आयोगको अध्यक्ष तथा सदस्य नियुक्तीका विषयमा समेत छलफल हुने बताइएको छ ।

परिषद्को सिफारिसमा यसअघि नै प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, थारु, मुस्लिम र मधेशी आयोगमा अध्यक्ष नियुक्त भैसकेका छन्।

तर उक्त सदस्यहरूको नियुक्ती सिफारिस हुन बाँकी छन्। रिक्त सदस्य पदहरूमा नियुक्तीका विषयमा समेत बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्