पहिरोले पुरिएर एकको मृत्यु, ४ घाइते


चैनपुर । बझाङ केदारस्युँ गाउँपालिका–४ खिल्लेख दोबाटो सुदाडामा बालुवा खन्दा माथिबाट आएको पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ । पहिरोमा चार महिला घाइते भएका छन् ।

सिँचाइ नहरका लागि बालुवा निकाल्दै गर्दा आज अपराह्न पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोमा ३५ वर्षीया मनादेवी भट्टको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष भक्तप्रसाद भट्टले जानकारी दिनुभयो ।

घाइते हुनेमा सोही ठाँउका निर्मला भट्ट, जानकी भट्ट, कलादेवी भट्ट र हंसा भट्ट छन् । घाइतेमध्ये कलादेवी र हंसाको अवस्था सामान्य छ भने निर्मला र जानकीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको देउरा स्वास्थ्यचौकीमा उपचार भैइरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।