बिउ उत्पादनमा आतमार्निभर बन्दै सल्यानका किसान

0
Shares

सरिता चलाउने, सल्यान ।

सल्यानका किसानहरु बिउ उत्पादनमा आतमार्निभर बन्दै गएका छन । जिल्लामा पछिल्लो समय कृषकहरूको क्रियाशीलता बढेका कारण बिउ उत्पादनमा किसानहरु आत्मनिर्भर हुँदै गएका हुन ।
बिभिन्न बिउ बिजन तथा नर्सरी स्थापना गरी किसानहरुले मनग्य आम्दानी गर्न थालेका छन । बिशेष गरी जिल्लाको छत्रेश्वरी गाउँपालीका वडा नमबर २ बुरासेका किसानहरुले व्यावसायिक रूपमा रायो सागको बिउ उत्पादनमा लागेका छन ।

बिउ बिजन तथा नर्सरी बाट फाईदा हुने भएपछि बुरासेका किसानहरुले अरु खेति छोडेर मार्फा चौडा रायोको बिउ उत्पादन तर्फ लागेको छन । बुरासेका किसानहरुले अहिले मार्फा चौडा रायो, चौमासिक सिमी र सिकमेल केराउको बिउ उत्पादन गरिरहेका छन भने बिउ उत्पादन सँग सँगै अन्य नर्सरी स्थापना गरी बिरुवाहरु उत्पादन तिर पनि आर्कषक बढेको पाईएको छ ।

बिदेश जानु भन्दा नेपालमै कृर्षि गर्नु पर्छ भन्ने उदेश्यले नै ब्यवसायीक रुपले बिउ उत्पादनमा लागेको छत्रेश्वरी गाउँपालीका वडा नम्बर २ बुरासेका तेजबिक्रम योगीले बताए । जिल्लाका विभिन्न निकाय बाट तालीम पाएको र दलित बिकास समाजद्धारा संचालीत पहल कार्यक्रमको प्राबिधिक सहयोगले उत्पादनको क्षेत्रमा झनै टेवा पु¥याएको बताए ।

मैले ब्यवसाय रुपमा बिउ उत्पादन गर्न थालेको १५ बर्ष भयो उनले भने, त्यसमा नर्सरी स्थापना गरेर बिभिन्न जातका बिरुवाहरु पनि उत्पादन गरीरहेको छु, उत्पादन सँगै अरु मान्छेलाई पनि रोजगारी दिएको छु, उत्पादन गरेको बिउ सल्यान जिल्ला भित्र, रुकुम रोल्पा, दाङ, काठमान्डौ सम्म पठाउने गरेको उनले बताए । बिउ उत्पादन बाटै बार्षिक घर खर्च कटाएर ७ लाख आम्दानी गर्ने गरेको योगीले बताए ।

गत बर्ष मात्रै नर्सरी बाट १० हजार टिमुरका बिरुवा, ५० हजार अन्य जातका बिरुवा उत्पादन गरी बिक्रि गरेको छत्रेश्वरी गाउँपालीका वडा नम्बर ५ का मोहन खत्रीले बताए । किसानहरुको माग अनुसार टिमुरको बिरुवा उत्पादन गरेको उनले बताए । पहल कार्यक्रमको प्राबिधिक सहयोग बाट नर्सरी स्थापना गरी ब्यवसायीक रुपमा बिभिन्न जातका बिरुवाहरु उत्पादन गरीरहेको उनले बताए ।

यस्तै छत्रेश्वरी गाउँपालीका वडा नम्बर १, २ र ५ मा दलित बिकास समाज सल्यानद्धारा संचालीत पहल कार्यक्रमले किसानरुलाई बिउ उत्पादन, तरकारी उत्पादनमा सहयोग पु¥याएको पहल कार्यक्रमका शुसासन अधिकृत सन्तोष बिकले बताए ।

Skip This