काठमाडौँका कुखुरामा बर्डफ्लु !



काठमाडौँ, (नेस) । काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ ।

तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु देखिएको पुष्टि भएको हो ।
बर्ड फ्लु पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशु शाखा प्रमुख डा जयप्रकाश राय यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको सङ्क्रमण देखिएको थियो ।

बर्डफ्लु पुष्टि भएपछि प्रभावित क्षेत्रका पोल्ट्रीफार्ममा कुखुरा नष्ट गर्ने कार्य भइरहेको र अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिएकाले परीक्षणका लागि पठाएको बताइएको छ ।

प्रमुख यादवले चार किल्लाभित्रका पक्षी नष्ट गरी खाडलमा पुरिएको बताउँदै खाली रहेका खोरलाई पनि निःसङ्क्रमण गरिएको र प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्