इथियोपियामा यात्रुबाहक विमान दुर्घटना


नैरोबी (एजेन्सी)
इथियोपियाबाट केन्याको उडानमा रहेको एक यात्रुवाहक विमान दुर्घटनामा १ सय ४९ यात्रु तथा चालक दलका ८ सदस्यको मृत्यु भएको बताइएको छ ।

इथियोपियन एयरलाइन्सका प्रवक्ताले उक्त बोइंग ७३७ यात्रुबाहक विमान दुर्घटना ग्रष्ट भएको र त्यसमा रहेका सबै यात्रु चालकदलका सदस्य बच्ने सम्भावना नभएको बताए । विमानमा ३३ देशका नागरिक यात्रा गरिरहेका थिए । अदिसअबाबाबाट नैरोबीका लागि उडानमा रहेको उक्त विमान विहान स्थानिय समय ८ बजेर ४४ मिनेट जाँदा दुर्घटना भएको प्रवक्ताले जानकारी दिए ।

प्रवक्ताले भने ( इथियोपिेयन एयरलाइन्सका कर्मचारीहरुलाई दुर्घटना स्थलतमा पठाइएको छ र आपतकालिन सेवा उपलब्ध गराउन हर सम्भव प्रयास गरिरहेको छ ।

चालकदलका सदस्य सहित १५७ यात्रुको मृत्यु

विमान बिसोफ्टु सहर नजिकै भएको र उद्धारटोली प्रस्थान गरिसकेको एयरलाइन्सले जनाएको छ । उक्त सहर राजधानी अदिसअबाबाबाट स्थल मार्गमा करिब १ घण्टाको दुरीमा रहेको छ । दुर्घटनालाई लिएर इथियोपियाका प्रधानमन्त्रीले शोक ब्यक्त गरेको छ ।


यो एयरलाइन्सल् अफ्रिकाको कयौं देशका लागि उडान भर्दै आइरहेको छ र अफ्रिका महाद्विपमा अत्यन्त चर्चित विमानसेवामा पर्छ । सुरक्षाको दृष्टिकोणले पनि यो एयरलाइन्सको प्रतिष्ठा अत्यन्त राम्रो मानिन्छ । यद्यपी सन् २०१० मा एयरलाइन्सको एक विमान बेरुतबाट उडान भएको केही समयपछि नै दुर्घटनाग्रस्ट भएको थियो ।

उक्त घटनामा ९० जनाको मृत्यु भएको थियो ।
इथियोपियन एयलाइन्सको दुर्घटना ग्रष्ट बोइंग ७३७ नयाँ विमान भएको बताएको छ । यो विमान एयरलाइन्सले ४ महिना अगाडीमात्रै पाएको थियो । विमान विशेषज्ञ मोकरासका अनुसार विमान उडेको ६ मिनेट मै राडारबाट हराएको थियो ।

गत बर्ष इन्डोनेसियमा लायन एयरका जुन विमान दुर्घटनाग्रष्ट भएको थियो , अहिले दुर्घटना भएको विमान त्यसैको एक संस्करण भएको बताइएको छ ।
लायन एरको उडान जेटी ६१० को बोइंग ७३७ विमान गत बर्ष अक्टोबर २९ मा उडान भरेको १२ मिनेट पछि नै समुन्द्रमा खसेको थियो । उक्त घटनामा १ सय ८९ यात्रु तथा चालक दलका सबै सदस्यको मृत्यु भएको थियो ।