सार्वजनिक इन्गेजमेन्ट गर्ने जोडी पक्राउ


तेहरान,(एजेन्सी)
एउटा सपिंग सेन्टरमा उल्लासमय भिड सामु इन्गेजमेनट गरेको अभियोगमा इरानमा एक युवा जोडीलाई प्रहरीले आइतवार गिरफतार गरेको छ । इरानको उत्तरी शहर आराकमा गुलावका फूलको घेरामा बसेर सार्वजनिक रुपमा ति जोडीले एक आपसमा विवाहका लागि प्रस्ताव राखेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

आफ्नो पार्टनरले विवाहको प्रस्ताव प्रति सहमति जनाएपछि नाम नखुलाइएका युवतीले उनलाई अँगालोमा हालेपछि त्यहाँ एकत्रिट भिडले खुशीयाली व्यक्त गरेको थियो । तर सो इन्गेजमेन्ट पुरा भए लगत्तै प्रहरीले इस्लामिक आदर्शलाई तोडेको आरोपमा तिनीहरुलाई गिरफतार गरेको इरानको आधिकारिक समाचार निकाय फार्सले जनाएको छ ।

इरानको इस्लामिक कानुन अनुसार पुरुष र महिलाको सार्वजनिक स्थलमा आपसी माया प्रेम अभिव्यक्ति पुर्ण रुपमा प्रतिवन्धित छ । यसरी पश्चिम िसंस्कारको देखासिकी गरी विवाह प्रस्तव राखेको कारण पक्राउमा परेको यस जोडीलाई पछि जमानतमा रिहा गरिएको थियो ।

मार्काजी प्रान्तका प्रहरी उप प्रमुख महमुद खालाजीले जनताको माग अनुसार नै तिनीहरुलाई हिरासतमा लिइएको स्पष्ट पारेका छन् । गत वर्ष पनि मासाद शहरको एउटा सपिंग सेन्टरमा मानिसहरु नाचिरहेको भिडियो खिचेको अभियोगमा एकजना सरकारी अधिकारीलाई गिरफतार गरिएको थियो ।