भारत–अमेरिकाबीच डेरी उत्पादन ब्यापारमा समस्या


वासिङटन÷नयाँदिल्ली (एजेन्सी)
अमेरिका आफना डेरी उत्पादन अधिक मात्रामा भारतले खरिद गरोस भन्ने चाहन्छ तर भारत आस्था र संस्कृतिका कारण त्यस्तो गर्न चाहिरहेको छैन ।
भारतले उसको यस निर्णयको पछाडी ‘सांस्कृतिक तथा धार्मिक संवेदना ‘ रहेको जसमा सम्झौता गर्न नसक्ने बताइरहेको छ ।

अमेरिका र युरोपका कयौं देशमा गाईलाई ख्वाइने चारमा गाई–सुंगुर र भेडाका मासु र रगत मिसाइएको हुन्छ, त्यसलै यसलाई ब्लड मिल पनि भन्ने गरिन्छ ।

यसता खाद्य पदार्थ खाएर हुर्केका दुधबाट बनेका खाद्य सामाग्रको आयात गर्ने विषयमा भारतको निति प्रष्ट रहेको भारतिय अधिकारीहरु बताउँछन् । ब्लड मिल दिइएका यसता गाईको दुधबाट बेनका उत्पादन खरिद गर्न नसक्ने उनीहरुले बताएका छन् ।

हालै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महत्वपुर्ण फैसला लिँदै भारतलाई ब्यापारमा सहुलियत प्राप्त देशको सुचीबाट हटाएको छ । विज्ञहरु यसको प्रमुख कारणमा भारतले अमेरिकी डेरी उत्पादन खरिद गर्न अस्विकार गर्नु रहेको बताउँछन् ।

ट्रम्पले एक बयानमा भनेको थिए– भारत सरकारसँग पर्याप्त छलफलपछि यो कदम उठाएको हुँ किनभने भारतले अहिलेसम्म अमेरिकालाई आफनो बजारसम्म अमेरिकी सामानलाई उचित पहुँच दिने विषयमा आश्वासन दिएको छैन ।

अमेरिकी सहुलियत सुचीमा हुनुले भारतको ५ अर्ब ६० करोड डलरको सामान अमेरिकी बजारमा बिना भन्सार सुल्क पुग्ने गर्छ र बदलामा अमेरिकाको सामान भारतिय बजार सम्म आउने गर्छ । तर डेरी आयातलाई लिएर भारतको आफनै बाध्यताले उक्त स्थितिमा समस्या आएका हो ।

भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै भारतले आफनो कुरा अमेरिका समक्ष राखेको र ब्लड मिल खाएका वस्तुको उत्पादन भारतले खरिद गर्न नसक्ने स्पष्ट पारेको जनाएको छ ।

अनुमति प्रक्रियामा आयात हुने उत्पादनमा ब्लड मिल नख्वाइएका वा मांसाहारी नभएका जनावरको उत्पादन हुनु पर्ने स्पष्ट किटान गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भारत आफै विश्वको सबैभन्दा ठुलो डेरी उत्पादक मुलुक पनि हो । यद्यपी देशभित्र डेरी उत्पादनको माग दिन प्रति दिन बढ्दै गइरहेकोले उसले आपुर्तिका लागि आयात पनि गर्दै आइरहेको छ ।