उत्तर कोरियामा १ करोड नागरिक कुपोषित


न्युयोर्क (एजेन्सी)
संयुक्त राष्ट संघले जारी गरेको एक प्रतिवेदन अनुसार उत्तर कोरियाका ४३ प्रतिशत बढी आवादी अर्थात करिब १ करोड १० लाख नागरिक कुपोषित छन् । खाद्यान्नको भंयकर कमीका कारण उनीहरु कुपोषित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

परमाणु शक्ति सम्पन्न उक्त देशमा बच्चाहरुपनि कुपोषणको समस्यासँग लडिरेहको र उनीहरुको भावी पिँढीको स्वास्थ्य संकट विकराल हुने आसंका रहेको बताइएको छ ।

उत्तर कोरियामा संयुक्त राष्ट्र कार्यालयका प्रमुख तपन मिश्राको प्रतिवेदनमा ‘ब्यापक कुपोषनले बच्चाहरुको पुरै पुस्ता खतरा‘मा रहेको उल्लेख गरिएको छ । स्थिति यति सम्म भयावह बनेको छ की ५ मा एक बच्चाको मृत्यु कुपोषणका कारण हुने गरेको छ । अत्यन्त सीमित स्वास्थ्य हेरचाह र स्वच्छ पानी तथा स्वच्छताको अभावका कारण बच्चाहरु उपचार सम्भव भएका रोगका कारण पनि मृत्यु हुने खतरा रहेको प्रतिवेदनले जनाएको छ ।


उत्तर कोरियाका ६० लाख कुपोषित नागरिकको मद्दत गर्न गत बर्ष संयुक्त राष्टले ११ करोड १० लाख डलरको सहायताका लागि अपिल गरेको थियो । तर त्यसको २४ मात्र दिइएको थियो । संयुक्त राष्टको तर्फबाट जारी विज्ञप्तीमा ३८ लाख नागरिकको जीवन र स्वास्थ्यको आधारभुत आवश्यकताका लािग तत्काल सहायताको आवश्यक रहेको जनाएको छ ।

उत्तर कोरियामा कृषि ब्यवसाय आधुनिक तरिकाको विस्तार हुन नपाएको मिश्रा बताउँछन् । कृषि योग्य भुमीको क्षेत्रलफमा पनि लगातार कमी भइरहेको र तयसको प्रत्यक्ष असर बाली र उत्पादनमा देखिएको उनले बताए । प्राकृतिक विपत्तीका कारण पनि उत्पादन प्रभावित भइरहेको छ । गत बर्ष लु र तातो हावाका कारण कृषि बालीलाई ब्यापक नोक्सान पुगेको थियो ।