पाकिस्तानमा प्रतिष्ठाको नाममा हत्या


इस्लामावाद,(एजेन्सी)
पाकिस्तानको सबैभन्दा कुख्यात ‘ प्रतिष्ठाका लागि हत्या ’ को एउटा घटनालाई सार्वजनिक गर्ने एक परुषलाई गोली हानी हत्या गरिएको विहविार प्रहरीले जनाएको छ । सो घटना प्रति राष्ट्रि स्तरमा ध्यान आकर्षण गरेको कारण घटना घटेको सात वर्षपछि उनका ेहत्या गरिएको हो ।

सन् २०११ मा खिचिएको एउटा भिडियोमा दुईजना पुरुष चार जना महिलाले गाउँदै गरेको विवाहको गीतमा ताल मिलाउँद ैताली पिट्दै नाचिरहेको देखिन्छ । सो भिडियोमा देखिएका एकजना सानी केटी लगायत महिलाहरुलाई सामाजिक प्रतिष्ठा तोडेको आरोपमा पुरुष नातेदारहरुले हत्या गरेका थिए ।

सोही भिडियोमा देखिएका पुरुषहरुका भाई अफजल कोहिस्तानीलाई अहिले गोली हानी हत्या गरिएको हो । उनका तनिजना दाजुभाइको पनि हत्या भइसकेको छ । प्रहरीले बुधवार राति उत्तर पश्चिमी शहर एवोत्तावादको व्यत व्यावसायिक क्षेत्रमा कोहिस्तानीको हत्या भएको जनाएको छ । मानव अधिकारवादी समुहहरुले प्रत्येक वर्ष पाकिस्तानमा करिव हजार जनाको प्रतिषठको नाममा हत्या हुने गरेको दावी गरेका छन् ।