राजकुमारीको उम्मेदवारी दिने थाइ राक्सा चार्ट पार्टी प्रतिवन्धित


बैंकक,(एजेन्सी)
थाइल्यान्डको उच्च अदालतले थाइ नरेशकी बहिनीलाई प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिन लगाउने एउटा विपक्षी राजनीतिक पार्टी विहिवार विघटन गरेका ेछ । थाइ राक्सा चार्ट नामक सो पार्टी निर्वासित पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राद्वारा समर्थित हो ।

सिनावात्रालाई सन् २००६ को सैनिक विद«ोहले अपदस्थ गरेको थियो । राजनीतिक समिक्षकहरुले सो पार्टी विघटन भएको कारण यसै महिनाको उत्तरार्धमा हुन गइरहेको राष्ट्रिय चुनावमा थाक्सिनका समर्थकहरुलाई विजय हासिल गर्न कठिन हुने बताएका छन् ।

अहिले थाइल्यान्डमा पाँच वर्ष अघि राजनीतिमा हस्तक्षेप गर्ने सेनाको जुन्ता सरकार रहेको छ । विहिवार पार्टी विघटनको आदेश दिने संवैधानिक अदालतले राजकुमारी उवोल्रातानाको उम्मेदवारीको कारण राजनीतिमा राजसंस्थाको टथस्ता माथि प्रश्न चिन्ह खडा भएको जनाएको छ ।

यस पार्टीको कार्यकारिणी बोर्डका सदस्यहरु माथि आगामी दस वर्ष सम्म राजनीतिमा भाग लिन नपाउने गरी प्रतिवन्ध लगाइएको छ । साथ ैयस पार्टीले आगामी चुनाव पनि लड्न नपाउने भएको छ । न्यायधिश नाखारिन मेक्त्राइरातले भनेका छन् , ‘ राजमुकुट राजनीति भन्दा माथि रहेको छ ।

राजनीतिक टथस्ता कायम राख्न नरेश , रानी र राजकुमारीहरुले मतदान गरी कहिल्यै पनि राजनीतिक अभ्यासमा भाग लिन सक्तैनन । बैंकक स्थित विविसिका पत्रकार जोनाथन हेडले शाही उम्मेदवारको कारण थाक्सिनका समर्थकहरुलाई आगामी चुनावमा निर्णय फाइदा हुने बलियो संभावना रहेको बताका छन् ।

थाइ राक्सालाई संसदिय चुनावमा बढि भन्दा बढि सिट जित्नका लागि प्रमुख विपक्र्षी थाक्सिन पार्टी फ्यु थाइको विकल्पको रुपमा हेरिएको थियो । सन् २०१४ मा सेना सत्तामा पुगेपछि प्रधानमन्त्री प्रायुथ चान ओचाको नेतृत्वमा वर्तमान सरकार बने यता पहिलो पटक २४ मार्चमा संसदिय चुनाव हुन गइरहेको छ ।