चीनको रक्षा बजेट २ खर्ब नजिक


बेइजिंग (एजेन्सी)
अमेरिकापछि विश्वमा सबैभन्दा रक्षा बजेट रहेको चीनले मंगलबार यो बर्षको आफनो रक्षा बजेट साढे ७ प्रतिशतको वृद्धीसँगै १ खर्ब ७७ अर्ब ६१ करोड छुट्याउने घोषणा गरेको छ ।

चीनको संसद नेसलन पिपल्स कंगे्रसको वार्षिक सत्रको पहिलो दिन प्रस्तुत गरिएको बजेट मस्योदामा सन् २०१९ को रक्षा बजेट ११ खर्ब ९० अर्ब युआन अर्थात करिब १ खर्ब ७७ अर्ब ६१ करोड अमेरिकी डलर हुने उल्लखे गरिएको छ । गत बर्ष रक्षा बजेटमा भएको ८ दशमलव १ प्रतिशत बृद्धीको तुलनामा यो कम बृद्धी भएको हो ।

चीनले सन् २०१६ मा आफनो रक्षा बजेटमा हरेब बर्ष १० भन्दा कम अंकले बृद्धी गरिरहेको छ । यसअघि सन् २०१५ सम्म उसले रक्षा क्षेत्रमा दुई अंकले बृद्धी गर्दै आइरहेको थियो । यो बर्षको बृद्धीसँग रक्षा क्षेत्र चीनको खर्च २ खर्ब डलरको हाराहारीमा पुगेको छ ।

अमेरिकाको यो बर्षको रक्षा बजेट ७ खर्ब १६ करोड डलर रहेको छ । सन् २०१८ मा अमेरिकी कंग्रेसले पारित गरेको २ दशमलब ६ प्रतिशतले बृद्धी गरिएको उक्त रक्षा खर्च बजेटमा हस्ताक्षर गरेका थिए । अमेरिकी रक्षा खर्चको तुलनामा चीनको रक्षा बजेट साढे ३ गुनाले कम रहेको छ भने भारतको तुलनामा ३ गुणाले बढी छ ।

भारतले यस बर्षको रक्षा खर्च बजेट ६ दशमलव ८७ प्रतिशतले बृद्धी गरी ४४ अर्ब ८० करोड डलर पुर्याएको छ ।

हालैका बर्षमा चीनले आफनो सेनामा कयौं महत्वपुर्ण सुधार गरेको छ । जसमा अन्य देशमा आफनो पैभाव बढाउन नौसेना र वायुसेनालाई प्राथमिकता दिँदै त्यसको विस्तार गरेको छ । यो बाहेक पिपल्स लिबरेसन आर्मीको संख्यामा ३ लाखले कटौती गरेको छ । यद्यपी २० लाख सैनिक रहेको चीनको सैन्य बल विश्वको सबैभन्दा ठुलो सेना हो ।