चन्द्रमापछि कृत्रिम सूर्य बनाउँदै चीन


बेइजिङ । विश्वमै अनौठा र अपत्यारिला प्रयोग गरेर सबैलाई चकित बनाइरहेको चीनले फेरि त्यस्तै योजना बनाइरहेको छ ।

चीनले कृत्रिम चन्द्रमापछि अब यो वर्षभित्र कृत्रिम सूर्यको निर्माण पूरा गर्ने योजना बनाएको छ । उक्त कृत्रिम सूर्यले १० करोड डिग्री सेल्सियससम्म गर्मी पैदा गर्न सक्नेछ । अहिले कृत्रिम सूर्यको परीक्षण जारी छ । जसलाई ‘एक्सपेरिमेन्टल एडभान्स सुपरकन्डक्टिंग टोकामक’ को नाम दिइएको छ ।

उक्त सूर्यलाई बिलकुल असली सूर्य जसरी नै डिजाइन गरिएको छ । यो सौर्यमण्डलको मध्यस्थित कुनै तारा जसरी नै ऊर्जाको भण्डार उपलब्ध गराउनेछ । विश्वमा अहिले न्यूक्लियर फिजन (परमाणु संलयन) को माध्यमबाट ऊर्जा पैदा गरिदैंछ । (एजेन्सी)