पायलट अभिनन्दन लोकप्रियताको शिखरमा


नयाँदिल्ली,(एजेन्सी)
हालै पाकिस्तानले रिहा गरेका भारतिय वायु सैनिक फौजका विंग कमान्डर पायलट अभिनन्दन भार्थामान राष्ट्रिय हिरो बन्नुका साथै उनी विज्ञापनको छनौट र प्रेरणादायी कला समेत बनेका छन् ।

यति मात्र नभई रातारात लोकप्रियताको शिखरमा पुगेका अभिनन्दनको ह्यान्डलबार जस्तो मुठे जुँगाको नक्कल अधिकांश भारतिय युवाहरुले गर्न थालेका छन् । पाकिस्तानी लडाकु विमानको आक्रमणको कारण उनले उडाइरहेको विमान खसालिदिएपछि उनी प्यारासुटबाट अवतरण गर्ने क्रममा पाकिस्तानी भुमिमा परेका थिए । शुरुमा स्थानिय गाउँलेहरुले आक्रमण गर्न खोजेपछि उनले आत्मरक्षाका लागि हवाई फायर समेत गरेका थिए ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्ति र सदभावको सन्देश सहित उनलाई भारत समक्ष सुपुर्दग ीगर्ने निर्णय गरेका थिए । खानको यस कदमको भारत लगायत विश्वभरि प्रशंसा भएको थियो ।

शुक्रवार स्वदेश फर्कँदा अभिनन्दनको भव्य स्वागत गरिएको थियो । १४ फेब्रअरीमा भारत अधिनस्थ काश्मिरमा पाकिस्तान स्थित जएस ए मोहमद नामक इस्लामिक समुहले गरेको आतमघाती आक्रमणको वदला लिने हिसावले भारतले पाकिस्तानको सो समुहको तालिम शिविर रहेको बालाकोटलक्षर्् लक्षित गर्दै हवाई आक्रमण गरेको थियो ।

त्यसपछि पाकिस्तान्ी लडाकु विमानले गरेको जवाफी आक्रमणमा दुई वटा भारतिय लडाकु विमान खसेका थिए । जइस ए मोहमदका लडाकुहरुले विस्फोटक पदार्थ लादिएका ेकार भारतिय अर्ध सैनिक फौज चढेको बसमा ठोकाउादा छयालिस जनाको ज्यान गएको थियो । सामाजिक संजालमा पायलट अभिनन्दनको जुँगा र विरताको तारिफ भाइरल भएके छ । भारतको सबैभन्दा लोकप्रिय डायरी व्रान्ड अमुलले उनको जुँगामा आधारित विज्ञापन तयार पारेको छ ।