स्टेम सेल प्रत्यारोपण गर्दा एचआइभी गायव !


 

लन्डन,(एजेन्सी)
स्टेम सेल प्रत्यारोपणपछि संयुक्त अधिराज्यका एकजना बिरामीको एचआइभी नै गायव भएको डाक्टरहरुले स्वास्थ सम्बन्धी बुलेटिन नेचरमा उल्लेख गरेका छन् । यस प्रकारको घटना दोश्रो पटक घटेको पनि तिनीहरुले जनाएका छन् ।

वेलायतको राजधानी लन्डन निवासी ति नाम नखुलाइएका बिरामीको कयान्सरको उपचार हुँदै गरेको थियो । विगत अठार महिना देखि एचआइभीको लक्षण घट्दै गएपछि उनले एचआइभी विरुद्धको औषधि सेवन समेत छोडीसकेको बताइएको छ ।

तर अनुसनधानकर्ताहरुले भने अहिल्यै उनको एचआइभी निको भइसकेको भन्ने पनि नसकिने बताएका छन् । यसैगरी विशेषज्ञहरुले अधिकांश एचआइभी पिडितहरुलाई यस विधिबाट उपचार गराउनु व्यवहारिक नभएको तर एकदिन एचआइभी विरुद्धको सफल उपचार पत्ता लगाउन यो उपाय सहायक सिद्ध हुने बताएका छन् ।

यि बिरामीलाई सन् २००३ मा एचआइभी भएको पत्तालागेको थियो भने उनी सन् २०१२ मा होड्नकिन्स लिम्फोमा नामक क्यान्सरको अन्तिम चरणबाट पिडित हुन पुगेका थिए । क्यान्सरका लागि केमोथेरापि समेत गारएका उनलाई एचआइभि रहित व्यक्तबाट प्राप्त स्टेम सेल प्रत्यारोपण गरिएयता उनको क्यान्सर र एचआइभी दुवैमा सुधार आएको हो ।

यस प्रत्यारोपण कार्यमा युनिभर्सिटी कलेज लन्डन , इम्पेरियल कलेज लनडन , क्याम्व्रिज एन्ड अक्सफोर्ड युनिभर्सिटीका अनुसनधानकर्ताहरु संलग्न रहेका थिए ।

दस वर्ष अघि जर्मनीको वर्लिनमा पनि एकजना एचआइभी ग्रस्त बिरामीमा बोन म्यारो प्रत्यारोपण गर्दा यस्तै सकारात्मक परिमाण निस्केको थियो ।
त्यसैगरी दुईवटा प्रत्यारोपण र ल्युकेमियाका लागि सम्पर्ण शरिरमा रेडिोयोथेरापि गरिएका टिमोथी ब्राउन नामक व्यक्ति एचआइभी र एडसलाई परास्त गर्ने विश्वकै पहिहलो व्यक्ति बनेका थिए ।