नोबेल शान्ति पुरस्कार सम्मानका लागि म योग्य होइन: इमरान


इस्लामाबाद (एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नोबेल शान्ति पुरस्कारबाट सम्मानित हुन योग्य नभएको बताएका छन् ।

हालै मात्र पाकिस्तानले कब्जामा लिएको भारतिय वायुसेनाका पाइलट विंग कमान्डर अभिनन्दन बर्तमानलाई भारत सुम्पेपछि पाकिस्तानमा इमरान खानलाई नोबेलको शान्ति पुरस्कारबाट सम्मानित गराउन अभियान शूरु गरिएको थियो । अभियान चलाउनेहरुले इमरान खानले भारतसँगको युद्धको आसंका हटाएको र यो पुरै क्षेत्रको शान्तिका लागि ठुलो कदम भएको बताएका थिए ।

इमरान खानले यस मामिलामा ट्विटमा भनेका छन्– म नोबेल शान्ति पुरस्कारबाट सम्मानित हुन योग्य छुइन । नोबेल शान्ति पुरस्कारबाट सम्मानित हुने हकदार त्यो हो, जसले काश्मिरीहरुको इच्छा अनुसार काश्मिर विवादको समाधान गरुन् र पुरै महाद्विपमा शान्ति र मानवताको विकासको मार्ग तयार गरुन् ।

पाकिस्तानमा धेरैले आफना प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिलाउन दशभरी अनलाइन याचिकामा हस्ताक्षर अभियान शुरु गरेका छन् । यसमा अहिलेसम्म ३ लाख भन्दा बढीले हस्ताक्षर गरिसकेका छन् ।

भारत र पाकिस्तान दुई परमाणु शक्ति सम्पन्न छिमेकी देश हुन् । हालैमात्र भारत प्रशासित काश्मिरको पुलवामा जिलामा सीआरपीएफको एक गस्तीमाथि हमला हुँदा ४० भन्दा धेरै भारतिय सुरक्षाकर्मी मारिएका थिए । उक्त घटनापछि दुई देशबीच तनाव बढेको थियो । भारत सरकार पुलवामा कट्टरपन्थी हमलाका लागि पाकिसतान स्थित कट्टरपन्थी संगठन जैश–ए–मोहम्मदलाई जिम्मेवार ठहर्याइरहेको छ ।

त्यसको केही दिनपछि भारतले पाकिस्तानको बालाकोटमा कट्टरपन्थी संगठनको क्याम्पको हमला गरेको थियो । यसबीच पाकिस्तानले पनि भारतको एक लडाकु विमानलाई खसाल्यो र पाइलटलाई हिरासतमा लियो ।

पाइलटको भविष्यलाई लिएर भारतमा अन्यौलता छाइरहँदा इमरान खानले संसदमा उनको रिहाइको घोषणा गरेपछि तनाव केही कम भएको हो ।
यसैबीच प्रधानमन्त्री इमरान खानले हिन्दु विरुद्ध संसदमा बोल्ने एक मन्त्रीलाई हटाएको छ । मन्त्री हसन चौहानले हिन्दुलाई गौमुत्र पिउनेहरु बताउँदै भारत लड्न सक्षम नभएको बताएका थिए ।

भारतमा लोकसभा चुनाव नजिकिँदै गइरहेकोले पाकिस्तानसँगको ताजा तनाव विशेष मुद्दाका रुपमा प्रयोग भइरहेको छ । सत्तारुढ दल भाजपाले पाकिस्तान विरुद्धको कारवाहीलाई आफनो निर्णय गर्ने क्षमताका रुपमा प्रचार गरिरहेको छ ।