कट्टरपन्थी संगठनहरु प्रतिबन्धित, ४४ कट्टरपन्थी नेता प्रहरी हिरासतमा


इस्लामाबाद (एजेन्सी)
पाकिस्तनका कट्टरपन्थी संगठन जैश ए मोहम्मदका संस्थापक मसुद अजहरका भाइ सहित कयौं वरिष्ठ कट्टरपन्थी नेताहरुलाई हिरासतमा लिएको छ ।

पाकिस्तानको गृह मन्त्रालयका प्रवक्ताले मंगलबार ४४ लाई हिरासतमा लिएको जानकारी दिए । यसमा मसुद अजहरका भाइ मुफ्ती अब्दुर रउफ पनि परेको र उनका अन्य एक नातेदार हम्मदा अजहरलाई पनि हिरासतमा लिइएको जनाइएको छ । उनीहरुलाई जाँचका क्रममा सोधपुछका लागि हिरासतमा लिइएको गृह मन्त्रालयले जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पाकिस्तान स्थित कट्टरपन्थी संगठन जैश ए मोहम्मदले नै भारत प्रशासित काश्मिरको पुलवामामा भएको कट्टरपन्थी हमलाको जिम्मेवारी लिएको थियो ।

सम्पती नियन्त्रणमा लिन सरकारको आदेश
पाकिस्तान सरकारले संयुक्त राष्ट सुरक्षा परिषद द्वारा घोषणा गरिएका सबै प्रतिबन्धित संगठनसँग आबद्ध ब्यक्ती तथा इकाईहरु विरुद्ध प्रतिबन्ध कार्यान्वयन प्रक्रिया प्रभावकारी बनाउन आदेश जारी गरेको छ ।
संयुक्त राष्ट सुरक्षा परिषदले सन् २०१९ मा पाकिस्तानका संयुक्त राष्ट्र् सुरक्षा परिषदको सन् १९४८को प्रावधान अन्तर्गतको अधिनियम अनुसार उक्त आदेश जारी गरेको हो ।

उक्त आदेशको व्याख्या गर्दै विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले यसको अर्थ सरकारले देशमा सन्चालनमा रहेका सबै संगठनमाथि नियन्त्रण गरेको बताए । प्रवक्ताले डन अखबारलाई भने ( अब देखि सबै प्रतिबन्धित संगठनका सबै प्रकारका सम्पती सरकारको नियन्त्रणमा रहने छ ।

सरकारले ती संगठनका दान साखा तथा एम्बुलेन्स पनि जफत गर्ने उनले जानकारी दिए । पैmसलले भने ( यो आदेको उद्देस्य उल्लेखित ब्यक्ती तथा संस्थाहरु विरुद्ध सुरक्षा परिषद प्रतिबन्न्धको कार्यान्वयन प्रक्रियालाई सुव्यवस्थित गर्नु हो ।

यस विषयमा राष्ट्र्यि कार्ययोजनाको कार्यान्वयनमा विस्तृत छलफलका लागि गृह मन्त्रालयमा एक उच्च स्तरिय बैठकको आयोजना गरिएको थियो ।
मन्त्रालयले सबै प्रान्तिय सरकारलाई प्रतिबन्धित संगठन विरुद्ध कारवाही तिब्र पार्न निर्देशन जारी गरेको छ । यो घटनाक्रम देशमा कट्टरपन्थी र अतिवादी संगठन विरुद्ध सरकारद्वारा निर्णायक कारवाही शुरु गरेको प्रतिवेदन बाहिर आएको एक दिन पछि सार्वजनिक भएको डन अखबारले जनाएको छ ।