कर नतिर्नेको कुकुर जफत


वर्लिन,(एजेन्सी)
कर नतिरेको कारण सरकारले एउटा परिवारको कुकुर जफत गरी त्यसलाई इवे माफर्त बिक्रि गरेको खवरले जर्मनीको एउटा शहर तातिएको छ । जर्मन संचार माध्यमले आहलेन शहरका सरकार िअधिकारीहरुले शुरुमा कर तिर्न नसकेका शारिरीक रुपमा अशक्त ति व्यक्तिको घरबाट मुल्यवान वस्तुको रुपमा उनको व्हिलचियर नै लान खोजेका थिए ।

अन्नत निीहरुको आँखा सो घरको एडा नामक पेडिग्री पुग प्रजातिको कुकुर्नी माथि परेको थियो । तिनीहरुले त्यस कुकुनीलाई इवे मार्फत ७ सय ५० युरो मुल्य तोकेकोमा त्यसको आधा मुल्यमा बिक्रि भएको थियो ।

शुरुमा स्थानिय अखवार अहलेनर टेजब्लाटले छापेको यो खवर माथिको चर्चा परिचर्चा अझै सम्म टुँगिएको छैन । महिला प्रहरी अधिकारी तथा एडाको नयाँ मालिक्नी मिचेला जोर्डानले कुकुरको मुल्य निक ैकम भएकाले आफुलाई शुरुमा नै शंका लागेको बताएकी छिन् ।

यसबारे सोधखोज गर्दा उनलाई सरकारी अधिकारीहरुले यथार्थ बताउने क्रममा कुकर्नीको समेत सरकारलाइृ कर तिर्न बाँकी रहेको जानकारी दिएका थिए । जोर्डानले आफुलाई स्वस्थ रहेको दावी गर्दै भिडाइएको एडाको स्वास्थ सम्बन्धी समस्याहरु रहेको पनि बताएकी छिन् ।

उनले कुकुर्नीको उपचारमा आफ्नो थप १ हजार ८ सय युरो खर्च भइसकेको बताउाद ैक्षतिपुर्ति लिने प्यास गरिरहेकी छिन् । यता एडा बेचिएपछि नाम नखुलाइएका ति अशक्त व्यक्तिका तीन जना बालबालिका निकै दुखी भएको बताइएको छ । यस खवरलाई जर्मनीका थुप्रै अखवारले स्थान दिइसकेका छन् ।