मनिला विमानस्थलमा जिवित कछुवा जफत


मनिला,(एजेन्सी)
फिलिपिन्सको प्रहरीले मनिला विमानस्थलमा टेपले बााधिएको अवस्थामा १ हजार ५ सय वटा भन्दा जिवित कुछुवा जफत गरेको छ । अज्ञात व्यक्तिको लगेजमा फेला परेको सो सरिसृपको अन्तर्राष्ट्रिय बजार मुल्य ४५ लाख पेसो भन्दा बढि पर्ने बताइएको छ ।

प्रहरीले ति सामान ल्याउने व्यक्तिले अवैध बन्यजन्तु ओसार प्रसार गरे वापत कडा कारवाही हुन सकने थाहा पाएपछि ति ब्यागहरु त्यसै छोडेर भागेको हुनुपर्ने जनाएको छ । यदि पक्राउमा परेको खण्डमा तिनीहरुलाई जनही २ लाख पेसो जरिवाना र दुई वर्ष लामो कारावास संजाय हुन सक्छ ।
आइतवार निनोय अक्विनो अन्तर्राष्ट्रिय विमानस्थलमा चारवटा वेवारिसे झोलामा विभिन्न प्रजातिका कूल १ हजार ५ सय २९ वटा कछुवा भेटिएका हुन् । ति मध्ये केहि सुल्काटा प्रजातीका कछुवा विश्वको लोपोन्मुख जीवको सुचिमा परेको जनाइएको छ ।

भंसार विभागले हंगकंगबाट फिलिपिनी एयरलायन्सको उडानमा आएका एकजना फिलिपिनी यात्रुले सो सामान छाडेर गरेको जनाएको छ । ति कछुवालाई अहिले बन्यजन्तु ओसार प्रसार अनुगमन इकाइलाई जिम्मा लगाइएको छ ।