मसुद मारिएको समाचार गलत


इस्लामाबाद नयाँदिल्ली (एजेन्सी)
पाकिस्तानी सन्चार माध्यमले पुलवामा हमलाका सुत्रधार भएको आरोप लागेका जैश ए मोहम्मदका नेता मसुद अजहरको मृत्यु भएको समाचारलाई गलत भएको जनाएका छन् । जियो टेलिभिजनले मसुदका परिवारका निकत स्रोतलाई उदृत गर्दै उनी जीवितै रहेको जनाएको छ ।

आइतबार मसुदको मृत्यु भएको समाचार सामाजिक सन्जालमा भाइरल भएको थियो । न्युज एजेन्सी आईएएनएसले पनि उक्त समाचारलाई उदृत गर्दै बालाकोटमा भारतिय वायुसेनाको हवाई आक्रमणमा उनी मारिएको जनाएको थियो ।

यसबीच जैशले पनि मसुद जीवितै रहेको दावी गरेको छ । यद्यपी पाकिस्तान सरकार र त्यहाँको सेनाका तर्फबाट यस मामिलामा कुैन विज्ञप्ती आएको छैन । भारतिय वायुसेनाले फेब्रुअरीको कारवाहीलाई लिएर हवाई आक्रमणको प्रमाण सार्वजनिक गर्ने वा नगर्ने विषयमा सरकारले फैसला गर्ने जनाएको छ । यद्यपी वायुसेनाले राडार र इलेक्ट्रेनिक उपकरणका माध्यमबाट पर्याप्त प्रमाण संकलन गरिएको बताएको छ ।

यसैबिच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार राती राष्ट्र् िसुरक्षा परिषदको बैठक बोलाएको जनाइएको छ । बैठकमा जैश ए मोहम्मदका नेता मसुदको मारिएको विषयमा पनि छलफल भएको बताइएको छ ।

भारतको गुप्तचर एजेन्सीहरु मसुदको मृत्युका विषयमा सत्यतथ्य पत्ता लगाउने प्रयासमा रहेका छन् । उनी एक सैन्य अस्पतालमा आफनो उपचार गराइरहेको र त्यो बाहेक आफुहरुसँग अन्य सुचना नभएको एक अधिकारीले बताए ।