ट्रम्पद्वारा भारतिय सामानमाथि पनि भन्सार शुल्क लगाउने संकेत


वासिंगटन (एजेन्सी)
अमेरिकाका राष्टपति डोनाल्ड ट्र्म्पले भारतमा अमेरिकी सामानमाथि अत्यधिक भन्सार शुल्क लगाउँदै आइरहेको बताउँदै भारतिय सामानमा पनि अमेरिकामा समान अतिरिक्त शुल्क लगाउने बताएका छन् ।

अमेरिकाबाट जाने एक बाइकमा भारत १ सय प्रतिशत भन्सार शुल्क लगाएको छ जबकी भारतबाट आउने सामानमा कुनै भन्सार शुल्क लाग्ने नगरेको उनले बताए । अमेरिकाले पनि भारतबाट आउने सामानमा सोही अनुपातमा भन्सार शुल्क लगाउने ट्र्म्पले बताए ।

मेरिल्यान्डमा कन्जरभेटिव पोलिटिकल एक्सन कन्फ्रेन्स (सीपीएसी) मा अमेरिकी राष्ट्र्पतिले प्रश्न तेस्र्याउँदै भने ( के भारत हामीलाई बेवकुफ ठानेको छ ? सम्पुर्ण विश्व अमेरिकालाई सम्मान गरिरहेको आफुले बताउन चाहेको ट्र्म्पले बताए । ।।।हामी एक देशलाई आफनो सामानमा १ सय प्रतिशत अतिरिक्त शुल्क दिन्छौं र उनका त्यही प्रकारको सामानमा हामी केही पनि पाउँदैन, यो परम्परा अब अगाडी चल्दैन ।

भारतसँगको ब्यापार र निवेश निति विरुद्ध एक ठुलो कदम उठाउँदै अमेरिकाले आफनो सुन्य भन्सार शुल्क निति अन्त्य गर्न गत फेब्रुअरी देखि नितिगत छलफल सुरु गरेका थिए । उक्त निति अन्तर्गत भारतबाट निर्यात हुने सामानमा भन्सार शुल्क लाग्दैन ।

जनरलाइज्ड सिस्टम अफ प्रिफरेन्स (जीएसपी) अन्तर्गत भारतलाई भन्सारमा छुट प्राप्त छ । अमेरिकामा निर्यात हुने करिब ५ अर्ब ६० डलरको सामानमा भन्सार शुल्कमा छुट दिइएको छ । सन् १९७० मा बनाइएको योजना उक्त ब्यवस्थामा सबैभन्दा फाइदा लिने भारत विश्वको सबैभन्दा ठुलो देश हो ।

ट्र्रम्पले आफ्ना कम्पनीहरुलाई अमेरिका फर्कन आह्वान गरिरहेको छ । उनका अनुसार ती कम्पनी मेक अमेरिका, ग्रेट अगेन अभियानको हिस्सा बन्नु पर्छ ।