मानव बोक्ने क्याप्सुल सहित स्पेस एक्स रकेटको सफल परीक्षण


लस एन्जलस (एजेन्सी)
अमेरिकी निजि अन्तरिक्ष कम्पनी स्पेस एक्सले फ्लोरिडा स्पेस सेन्टरबाट मानव बोक्ने एक रकेटको सफलतापुर्वक परीक्षण गरेको छ ।

रकेटमा कुनै अन्तरिक्ष यात्रीलाई पठाइएको थिएन तर सबै सही नतिजा आएमा अमेरिकी अन्तरिक्ष एजेन्सीले यसलाई अन्तरिक्षमा मानव ओसार पसारका लागि अनुमति दिन सकिनेछ । स्पेस एकसका संस्थापक एलन मस्कले अन्तरिक्षमा ब्यवसायिक पर्यटनको दिशामा यो पहिलो कदम सावित हुन सक्ने बताएका छन् ।

सन् २०११ मा आफनो सटलले अवकाश पाएपछि अमेरिका आफनै क्षमतामा कुनै अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाउन सकेको छैन । अमेरिका यसका लागि रुसी सोयुज अन्तरिक्ष यानको प्रयोग गर्दै आइरहेको छ ।


११ मिनेटको यात्रापछि स्पेस एक्सको उक्त फाल्कन ९ रकेट र ड्र्ेगन क्रु क्याप्सुल निर्धारित स्थानमा पुग्न सफल भएको थियो , जहाँबाट अगाडीको यात्रापछि यो अन्तराष्ट्र्यि स्पेस स्टेसनसँग मिल्न जान्छ । परीक्षणमा कुनै अन्तरिक्ष यात्री नभएपनि एक कृतिम अन्तरिक्ष यात्रीलाई भने राखिएको थियो । यसमा लगाइएका विभिन्न सेन्सरले त्यसमा यात्रा गर्ने अन्तरिक्ष यात्रीले कस्ता खालका परिस्थितिको सामना गर्नु पर्नेछ त्यसको जानकारी दिने बताइएको छ ।

यसमा पठाइएका कृतिम अन्तरिक्ष यात्रीलाई स्पेस एक्सले ।।। रिप्ली ।।। नाम दिएको छ जुन एलियन चलचित्रहरुमा एक पात्र रहेका छन् ।
स्पेस एक्स क्यालिफोर्निको कम्पनी हो र एलन मस्कले यसलाई स्पेसमा ब्यवसायिक पर्यटनका लागि स्थापना गरेको हो ।

रकेट प्रक्षेपणपछि एलन मस्कले पत्रकारहरुलाई भने , सन् २००२ बाट यहाँसम्म पुग्न १७ बर्ष लाग्यो । वास्तवमा भावनात्मक रुपमा भन्ने हो भने केही तनाव आएको थियो, किनभने यो ।।।अत्यन्तै तनावयुक्त  थियो ।

उनले भने, हाम्रो ध्यान नासाको आवश्यकता पुरा गर्नुमा केन्द्रित थियो तर ड्रगन क्याप्सुलले ठीक ढंगले काम गर्न थालेको छ, त्यसपछि कमाइको हिसाबले ग्राहक खोज्न काम हुनेछ । नासाको रवैया यस मामिलामा सकारात्मक रहेको छ ।