विश्वकै सबैभन्दा कम वजनको बच्चा डिस्चार्ज


टोक्यो,(एजेन्सी)
जापानको एक अस्पतालबाट जन्मिदा मात्र २ सय ६८ ग्राम वजन भएका एक् बच्चालाई डिस्चार्ज गरिएको छ । विश्वमै सबैभन्दा कम बजवनको बच्चालाई यसी सफल उपचार गरिएको पनि पहिलो घटना भएको जापानी संचार माधयमले जनाएको छ ।

गत वर्षको अगष्टमा आपतकालिन सिजरिन विधिबाट जन्माइएका ति बच्चा त्यतिवेला मानिसको दुईवटा हत्केलामा अटाउँथ्यो । सघन कक्षमा राखेर हुर्काइएका उनलाई गत साता मात्र घर लान दिइएको हो ।

उनलाई निर्धारित समय भन्दा दुई महिना पछि मात्र डिस्चार्ज गरिएको हो । अहिले वजन ३ दशमलव २ किलोग्राम पुगिसकेका उनलाई सामान्य शिशुलाई जस्तै खाना खउन थालिएको छ ।

गर्भाधारण भएको २४ सातामै जन्मिएका उनलाई पाँच महिना विशेष उपचारका लागि अस्पतालमा राखिएको हो । टोक्योको केइयो युनिभर्सिटि हस्पिटलका अनुसार शिशुकी आमाले भनेकी छिन् , ‘ उनी यति ठूलो शरिरमा विकसित भएको धेरै धेरै खुशी लाग्यो । म यति नै भन्न सकछुँ । मलाई उनी बँच्ला भन्ने पुर्ण विश्वास पनि थिएन । ’

त्यस बच्चाको उपचारमा संलग्न डाक्टर तकेसी आरिमित्सुले अमेरिकाको युनिभर्सिटि अफ आइओवाको तथ्याांक अनुसार यो शिशु संसारकै अहिले सम्मकै सबैभन्दा कम वजनको भएको विविसिलाइ बताएका छन् । यसअघिको किर्तिमान जर्मनीमा जन्मेको अर्को बच्चाले राखेको थियो ।

उनको जन्मििँदाको वजन २ सय ७४ ग्राम रहेको थियो । त्यसैगरी सन् २०१५ मा जर्मनीमै जन्मेकी २ सय ५२ ग्राम वजनकी बच्च िअझै जिवित रहेको बताइएको छ ।