अमेरिका र दक्षिण कोरियाको सैनिक अभ्यास बन्द


सोल,(एजेनसी)
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अब देखि आफुहरुले कहिल्यै पनि ठूलो परमाणको संयुक्त सैनिक अभ्यास नगर्ने घोषण गरेका छन् । यस प्रकारको तिनीहरुको सैनिक अभ्यासको कारण विगतमा उत्तर कोरिया जहिले पनि आक्रोसित हुने गरेको थियो ।

दुवै राष्ट्रका रक्षा प्रमुखले कोरियाली प्रायद्विपमा पुर्ण निशस्त्रकिरणको अवस्था सिजर्ना गर्न कुटनीतिक प्रयासलाई समर्थन गर्ने उद्देश्यले यो निर्णय लिइएको बताएका छन् ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनबिच १२ जुनमा सिंगापुरमा भेटवार्ता भएपछि थुप्रै सैनिक अभ्यास रोकिएका थिए ।

सिंगापुर वार्तामा किम र ट्रम्पबिच कोरियाली प्रायद्विपमा निशस्त्रीकरण गर्नेबारे सहमति भएको थियो । उत्तर कोरियाले तिनीहरु सैनिक अभ्यासलाई संधै आफु विरुद्धको युद्धको तयारीको संज्ञा दिँदै आएको थियो ।
शनिवार फानेवार्ता मार्फत अमेरिका र दक्षिण कोरियाका रक्षा मन्त्रीबिच फोल इगल र कि रिजोल्भ सिरिज सैनिक अभ्यास बन्द गर्ने सहमति भएको थियो ।राष्ट्रपति ट्रम्पले पनि यस्ता अभ्यासमा लाग्ने ठूलो धनराषि खर्चलाई लिएर गुनासो गर्दै आएक थिए ।