ट्रम्पद्वारा चीनलाई कृषि उत्पादन माथिको ट्यारिफ हटाउन अनुरोध


वसिंगटन,(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई तत्काल अमरिकी कृषि उत्पादन माथिको ट्यारिफ हटाउन अनुरोध गरेका छन् । टिवटटर मार्फत ट्रम्पले चीनसंगको व्यापार विषयक छलफल सौहार्दपुर्ण वातावरणमा अघि बढिरहेकाले आफुले यो अनुरोध गेको जानकारी पनि गराएका छन् ।

सो वार्तामा प्रगति भइरहेकाले नै ट्रम्पले चनिया सामानहरु मथिको ट्यारिफलाई १ मार्च सम्म लम्ब्याएको हुन् । लामो समय देखि चीनको व्यापार नीतिको गुनासो गर्दै आएक उनले चिनिया सामानहरु मथि २ सय ५० अर्व अमेरिकी डलर भन्दा बढि ट्यारिफ लागु गरेका थिए । यसको विपरित नरम नीति अपनाएर चीनले अमेरिकी उत्पादन माथिको ट्यारिफ १ सय १० डलरमा मात्र सिमित राख्द ैअमेरिकालाई आर्थिक इतिहासमै सबैभन्दा ठूलो व्यापारिक युद्ध शुरु गरेको आरोप लगाएको थियो ।

ट्रम्पले आफुले गाइ स वंगुरको मासु लगायतका अमेरिकी कृषि उत्पादित वस्तुहरु माथिको सम्पुर्ण ट्यारिफ तत्काल हटाउन चीनसंग अनुरोध गरिसकेको बताएक छन् । गत महिना ट्रम्पले चीन र अमेरिका नयाँ व्यापारिक सम्झातौमा हस्ताक्षर गर्ने परिस्थिती नजिक पुगिसकेको जानकारी गराएका थिए ।

साथै उनले वासिंगटनमा भएके द्विपक्षिय वयापारिक वार्तापछि यस विषयमा बृहत प्रगति भइसकेको जनाएका थिए । यसअघि मार्च १ द्येखि चिनिया वस्तुहरुको आयात माथि १० देखि २५ प्रतिशत ट्यारिफ लागु गरिने बताइएको थियो ।

अब भने अमेरिकाको फ्लोरिडा स्थित ट्रम्पको मार –आ – लागो रिसोर्टमा चिनिया राष्ट्रपति सि जिन्पिंगसंगको शिखर वार्ता आयोजना गर्ने योजना बनिरहेको छ । चीन् र अमेरिका बिचको व्यापारिक युद्धले वित्तिय बजार र विश्वकै अर्थतन्त्रमा नराम्रो असर पर्ने सक्ने चिन्ता सम्पुर्ण अर्थविदहरुले गर्दै आएका हुन् । अन्तर्राष्ट्रिय मुद«ा कोषले व्यापार युद्धले विश्वलाई अझै बढि गरिव र नाजुक अवस्थामा पु¥याउन सक्ने चेतावनी दिइसकेको छ ।