हुवावे आर्थिक प्रमुखलाई अमेरिका हस्तान्तरणको तयारी


टोरोन्टो
क्यानाडाले इरानसँग सम्भावित लेनदेनलाई लिएर चिनियाँ कम्पनी हुवावेकी एक अधिकारीलाई आरोपको सामना गराउन उनी विरुद्ध अमेरिकी हस्तान्तरण अनुरोधका लागि अनुमति दिने तयारी गरेको छ ।

न्याय विभागले हुवावे प्रविधि लिमिटेडको प्रमुख आर्थिक अधिकारी (सीएफओ) मेग वांगझोउ विरुद्ध उक्त मामिलाको समीक्षापछि शुक्रबार अधिकारीहरुले उक्त फैसला लिएको हो ।

चीनको हुवावे कम्पनी मोबाइल फोन र इन्टरनेट कम्पनीका लागि नेटवर्क उपकरण सबैभन्दा ठुलो अन्तराष्टिय निर्माता हो । क्यानाडाले आफनो कानुनको पालना गरिरहेको विभागको एक विज्ञप्तीमा जोड दिएको छ । मेंगलाई गत डिसेम्बर १ मा भ्यान्कुवर विमानस्थलबाट गिरफ्तार गरिएको थियो । त्यसपछि चीन र क्यानाडाबीच राजनितिक तनाव बढेको हो ।

बेइजिंगले अमेरिकामाथि अमेरिकी पविधि उद्योग विक्रेताहरुका एक सम्भावित प्रतिस्पर्धीलाई नोक्सान पुर्याउनमा प्रेरित प्रयास गरिरहेको आरोप लगाएको छ । मेंग हुवावे संस्थापककी छोरी हुन् । उनी माथि इरानसँग कम्पनीको लेनदेनका विषयमा बैंकलाई झुठो जानकारी दिएको आरोप छ र यो इरानमाथि लगाइएको अमेरिकी प्रतिबन्धको उलंघन भएको अमेरिकाले जनाएको छ । उनी हाल भ्यान्कुवरमा जमानतमा रिहा भएकी छिन् र बुधबार अदालतमा प्रत्यर्पणको सुनवाईका लागि पेश हुने छिन् । अमेरिकी अनुरोधलाई स्विकृति दिने विषयमा एक न्यायधिषले सुनुवाई गर्नेछ । यसलाई एक औपचारिकताका रुपमा मात्र लिइएको छ ।

अमेरिका हस्तान्तरणको फैसलामा क्यानाडाका न्यायमन्त्रीको स्विकृति अनिवार्य हुन्छ । यसबीच चीन सरकारले शनिबार यसलाई मेंगको अधिकारको गम्भिर हनन भएको उल्लेख गर्दै वासिंगटनसँग हस्तान्तरणको अनुरोध फिर्ता लिन माग गरेको छ । विदेश मन्त्रालयको एक बयानमा भने ( अमेरिका र क्यानाडाले आफनो द्विपक्षिय हस्तान्तरण सम्झौताको दुरुपयोग गरेको छ ।