पाइलट फिर्ता गरेकोमा इमरानलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस


इस्लामाबाद (एजेन्सी)
पाकिस्तानका जनताले आफना प्रधानमन्त्री इमरान खानलाई शान्तिका लागि नोबेल पुरस्कार दिलाउन नामांकनका लागि देश भरी अनलाईन याचिकामा हस्ताक्षर अभियान थालेका छन् ।

अहिलेसम्म यसमा ३ लाख भन्दा धेरैले हस्ताक्षर गरिसकेका छन् । इमरान खानले भारतिय पाइलटलाई रिहा गरि भारतसँगको उत्कर्समा पुगेको तनाव कम गरेर आफुलाई एक ठुलो नेता साबित गरेको उनीहरुले बताएका छन् ।
पाकिस्तानको लडाकु विमान एफ १६ खसालेका भनिएका बर्तमानको रिहाई गर्ने इमरानको फैसलामा भारतिय उदारवादीहरुले उच्च मुल्यांकन गर्दै उनलाई नोबेल शान्ति पुरस्कार दिलाउन राष्ट्र् संघलाई अनुरो गरेका छन् ।

पाकिस्तानले परिपक्वता देखाउँदै दुई देश बीचको सीमा तनाव कम गर्न सहयोग गर्न सहयोग पुर्याएको उल्लेख गर्दै उनको यो ब्यवहारका लागि धन्यवाद दिन चाहको सागरिका गोड्सेले बताएकी छिन् ।

भारतसँगको खतराको स्थितिमा पुगेको शान्तिका लागि इमरान खानको यो पहलका लागि उनलाई प्रतिष्ठित नोबेल शान्ति पुरस्कार दिन राष्ट संघ समक्ष हामी अनुरोध गर्र्छाैं , उनले बताएकी छिन् ।

भारत र पाकिस्तान परमाणु सक्ती सम्पन देश हुन् । भारत प्रशासित काश्मिरको पुलवामा जिलामा सीआरपीएफको एक गस्तीमाथि हमला गरि ४० भन्दा धेरै सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेको थियो । उक्त हमलाको जिम्मेवारी पाकिस्तानस्थित कट्टरपन्थी संगठन जैस ए मोहम्मदले लिएको थियो ।

भारतले उक्त हमलापछि पाकिस्तानको बालाकोटमा उक्त कट्टरपन्थी संगठनको सिरिवमा हमला गर्यो । त्यसपछि पाकिस्तान तर्फबाट भएको कारवाहीलाई रोक्ने क्रममा भारतको एक लडाकु विमानलाई पाकिस्तानी सेनाले खसालेको थियो र त्यसको पाइलटलाई गिरफ्तार गरिएको थियो ।
इमरान खानले संसदमा भारतिय पाइलट अभिनन्दन बर्तमानलाई रिहा गर्ने घोषणा गर्दै शुक्रबार उनलाई भारत पाक बाघा सिमानामा भारतिय अधिकारीसमक्ष बुझाइएको थियो । यसले दुई देशबीचको तनाव केही कम भएको हो ।


बिहिबार देखि नै पाकिस्तानमा ह्यास ट्याग नोबेल प्राइज फर इमरान खान ट्विटरमा ट्र्ेन्ड भइरहेको थियो । खानको घोषणापछि नै उक्त ह्यासट्यागसँग ट्विट गर्न सुरु गरिएको थियो ।

बेलायत र पाकिस्तानमा चेँज डट ओआरजीमा पनि पाकिस्तानीहरुले क्याम्पेन शुरु गरेका छन् । यसबीच पाकिस्तानका सुचनामन्त्री फवाद चौधरीले पनि संसदमा एक प्रस्ताव पठाए । उक्त प्रस्तावमा इमरान खानलाई संसदबाट प्रस्ताव पारित गरी नोबेल शान्ति पुरस्कारको माग गर्ने कुरा उठाइएको छ । चौधरीले प्रस्तावमा प्रधानमन्त्री खानले तनाव कम गर्न अप्रत्यासित रुपमा भुमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

यस मामिलामा भारतको सर्वोच्च अदालतका पुर्व न्यायधिष मार्केन्डय काटजुले पनि इमरान खानको प्रंशसा गरेका थिए । काटजुले ट्विटमा भनेका थिए ( म यसअघि इमरानको आलोचना गरिरहेका थिएँ, तर उनको भाषण सुनेपछि म प्रशंसक बनेको छु ।

उनको यो ट्विटपछि पाकिस्तानी सन्चार माध्यमले त्यसलाई धरै स्थान दिएको छ भने भारतमा त्यसलाई लिएर उनलाई सामाजिक सन्चालमा तथानाम गाली गरिएको छ ।

आफनो एक ट्विटमा काटजुले लेखेका छन् ( जब मैले पाकिस्तानलाई फर्जी र कृतिम देश भने, कुनै पाकिस्तानीले मलाई गाली गरेन । अब मैले इमरान खानको प्रशंसा गर्दा दर्जनौ भारतियले मलाई गाली गरे । मलाई देशद्रोही, सनकी र पाकिस्तान परस्त भने । अब तपाईहरु नै भन्नुस के धेरै परिपक्व छ ?