तेलको पाइप विस्फोट हुँदा ५० को मृत्यु, दर्जनौं घाइते


एजेन्सी । नाइजेरियाको नेम्बेमा तेलको पाइप विस्फोट हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन ।

स्थानीय सञ्चार माध्यका अनुसार पेट्रोलियम पदार्थको पाइप विस्फोट भएपछि आगलागी भएको जनाइएको छ । घटनामा धेरै घाइते भएकाले मृतकको संख्या अझै बढ्ने बताइएको छ ।

पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुनै कम्पनीले विस्फोटको जिम्मा नलिएका बताइएको छ  ।