अभिनन्दनको स्वागतका लागि सिमाक्षेत्रमा भारतियहरुको भिड


नयाँ दिल्ली,(एजेनसी)
पाकिस्तानले नियन्त्रणमा लिएका भारतिय वायु सैनिक फौजका विंग कमान्डर तथा लडाकु विमानका पायलट अभिनन्दन भार्थामानलाई रिहाइ गरिने भएकाले पाकिस्तानसंगको एउटा वोर्डर क्रसिंगमा भारतियहरुको भिड लागेको छ ।

अभिनन्दनले उडाउँदै गरेको विमान बुधवार पाकिस्तानी लडाकु विमानले गोली हानेर काश्मिरको विवादास्पद क्षेत्रमा खसालेको थियो । मंगलवार भारतले १४ फ्रेब्रुअरीमा पाकिस्तान स्थित जइस ए मोहमद नामक इस्लामिक लडाकु समुहले भारतिय फोजलाई लक्षित गरेको आत्मघाती आक्रमणको बदला लिन पाकिस्तानको बालाकोट स्थित सो समुहको तालिम केन्द«मा हवाई हमला गरेको थियो ।

पाकिस्तानका प्रधानमनत्री इमरान खानले शान्ति र सदभावको सन्देश स्वरुप अभिनन्दनलाई रिह ागर्ने घोषणा गरेका थिए । उनको यो घोषणको भारत लगायत विश्वभरि नै प्रशंसा भएको छ ।

शुक्रवार भारतिय प्रधानमन्त्री नरेन्द« मोदीले केहि दिन अघि विकसित घटनाक्रमले दुई देशलाई निकट ल्याएको प्रतिक्रिया दिएका छन् । साथ ैमोदीले राष्ट्रले शसस्त्र फौजलाई गरेको समर्थन असाधारण भएके पनि बताएका छन् ।

विहिवार इमरान खानले काशिमरको विषयलाई लिएर शुरु भएको यस समस्या थप चर्किन नदिन आग्रह गर्दै दिल्लीसंग वार्ताका लागि दवाव पनि दिएका थिए । विवादास्पद काश्मिरी भुभागको पुर्ण स्वामित्व दावी गदै भारत र पाकिस्तानबिच तीन वटा युद्ध भइसकेको छ ।