मोगादीसमा लडाकु र सुरक्षा फौजबिच भिडन्त


मोगादिसु,(एजेन्सी)
सोमालियाको सुरक्ष फौजले शुक्रवार मोगादिसु स्थित एउटा भवनमा बन्दुकधारी समुहसंगको भिडन्त जारी राखेको छ । यस घटनाको केहि घन्टा अघि मात्र त्यहाँको एक व्यस्त सडकमा गरिएको आत्मघाती कार बम आक्रमणमा कमितमा बिसजना मानिसको ज्यान गएको प्रहरीले जनाएको थियो ।
लाइनै होटेल , पसल र रेस्टुरेनटहर रहेको क्षेत्रमा विहवार राति अवेर आशंकित इस्लामिक लडाकु समुह अल – सवावले सो आत्मघाती आक्रमण गरेको बताइएको छ । त्यसपछि नजिकैको एक भवनलाई कब्जा गरेका अज्ञात बनदुकधारीहरुलाई सरकारी सुरक्षा फौजले घेरावनिद गरेको थियो ।

माका अल – मुकारामा रोडमा भएको सो आक्रमणमा करिव साठीजना घाइते र अन्य सातजनाको ज्यान गएको आमिन एम्वुलेन्स सेवाका प्रवक्ताले विविसिलाई बताएका छन् । लडाकुहरु लुकेको भवनबाट सुरक्षा फौजले थुप्रै व्यक्तिलाई उद्धार गरिसकेको छ । मृतकको घटना बढ्न सक्ने संचार माध्यमले जनाएको छ ।

प्रहरीले अझै केशि शसस्त्र व्यक्ति भवनभित्र रहेको दावी गरेको छ । गोली चलिरहेको वखत सोमाली पत्रकार महासंग – नुसोज ) का महासचिव मोहमद मोआलिम माका अल– मुकारामा होटल भित्र रहेको उनका एकजना सहकर्मिले बताएका छन् ।