वार्ता सार्थक प्रगति भएको छ:  मुन


सोल (एजेन्सी)
दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हनोइमा दोस्रो शिखर वार्ता अचानक समाप्त भएपनि यसमा सार्थक प्रगति भएको प्रतिक्रिया दिएका छन् ।

मार्च १ मा जापानको औपनिवेशिक शासनको १ सय बर्ष पुरा भएको अवसरमा दिएको आफनो सम्बोधनमा भने, ‘दुबै नेताबीच विस्तृत वार्ता भएको र आपसी समझदारी बढेको र विश्वास कायम भएको छ ।

दुई देशबीच हनोइ शिखर वार्ता विना नतिजा टुंगिनुले मुन निरास भएको अनुमान गरिएको थियो । किनभने उनले नै वार्ता थालनीको प्रक्रिया पहल गरेका थिए । तर उनले कोरियाली प्रायद्विपमा शान्तिका लागि यो शिखर वार्तालाई ‘उल्लेखनिय सफलता ‘ भएको बताए ।

सोल दक्षिण कोरियाको पर्यटन उत्तर कोरियाको कुमगांगसम्म पुन शुरु गर्ने तथा केसोंग औद्योगिक परिसरको परिचालनका सम्बन्धमा अमेरिकासँग विचार विमर्स गर्ने उनले बताए । मुनको आशावादी प्रतिक्रियाका बावजुद दक्षिण कोरियाका केही नागरिक अमेरिका–उत्तर कोरियाबीच कुनै शिखर वार्ता नहुने सोच राख्छन् ।

रचनात्मक छलफल जारी राख्न सहमत
उत्तर कोरियाली नेता किम र अमेरकी राष्ट्रपति ट्रम्प परमाणु निसस्त्रिकरणमा रचनात्मक छलफल जारी राख्न सहमत भएको प्योङयाङले जनाएको छ । उत्तर कोरियाली सरकारी सन्चार माध्यमले हनोईमा दुबै नेताबीच शिखर वार्ता अचानक समाप्त भएको केही घन्टापछि शुक्रबार उक्त बयान दिएको हो ।

दुई नेताहरुको सिंगापुरको पहिलो ऐतिहासिक शिखर वार्तापछि भियतनामा यो उनीहरुको बहुप्रतिक्षित दोस्रो भेटवार्ता थियो । तर दुबै नेता संयुक्त विज्ञप्तीमा हस्ताक्षर गर्न असफल रहेको र वार्ता गतिरोधबीच समाप्त भयो । संयुक्त विज्ञप्तीमा दुबै नेताले हस्ताक्षर गर्ने पहिले नै निर्धारित रहेको बताइएको थियो ।

उत्तर कोरियाको आधिकारिक केसीएनए समाचार एजेन्सीले किम र ट्रम्प कोरियाली प्रायद्विपलाई निसस्त्रिकरण र अमेरिका–उत्तर कोरिया सम्बन्धलाई राम्रो बनाउने विषयमा छलफलका लागि रचनात्मक वार्ता जारी राख्न सहमत भएको जनाएको छ ।

शिखर वार्तामा गतिरोधको उल्लेख नगरिकन केसीएनएले भने– प्रमुख किम र राष्ट्रपति ट्रम्पले उत्तर कोरिया अमेरिका धैर्य तथा बुद्धिमानी पुर्वक मिलेर काम गर्छ भने दुबै देशको सम्बन्धमा धरातलिय स्तरमा सुधार आउन सक्छ यद्यपी अगाडी अझै केही बाधाहरु भने छन् ।