प्रतिबन्ध पुर्ण रुपमा हटाउन हैन, आंशिक राहत दिन प्रस्ताव गरेको हो: उत्तर कोरिया


हनोई÷प्योङयाङ (एजेन्सी)
उत्तर कोरियाका विदेशमन्त्री री याेंगले यदी अमेरिकाले अर्को चरणको वार्ताका लागि पहल गर्छ भने पनि उनको देशको नितिमा परिवर्तन नहुने बताएका छन् ।

विदश मन्त्री योंगले भियतनाममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको शिखर वार्तापछि सन्चार माध्यमसँग उक्त कुरा बताएका थिए । ट्रम्प र किमको वार्ता बिहिबार बिना कुनै सम्झौता समाप्त भएको थियो ।

राती सन्चार माध्यमसँग कुरा गर्दै विदेशमन्त्री योंगले उत्तर कोरियाले प्रतिबन्ध पुर्ण रुपमा अन्त्य गर्ने माग नगरेको तर त्यसमा आंशिक राहत दिनु पर्ने कुरा उठाएको बताए ।

उनको देशले ‘वास्तविकतामा आधारित ‘ प्रस्ताव राखेको योंगले बताए । यसमा यांगब्यांग परमाणु अनुसन्धान केन्द्रलाई अमेरिकी पर्यवेक्षकको निगरानीमा पुर्ण रुपमा बन्द गर्ने प्रस्ताव पनि थियो ।

उनले भने– उत्तर कोरिया र अमेरिकाबीच वर्तमानमा विश्वासको स्तरलाई ध्यानमा राखि परमाणु हतियार हटाउनका लागि अहिलेको सबैभन्दा उत्तम उपाय थियो ।

त्यसको बदलामा उत्तर कोरिया प्रतिबन्ध आंशिक खुकुलो हुनु पर्ने माग गरिरहेको योंगले बताए । ‘प्रतिबन्धका कारण नागरिक अर्थब्यवस्था र हाम्रा जनताको जीवनमा चो पुगिरेहको छ ‘– उनले बताए ।

उत्तर कोरियाले परमाणु र लामो दुरीको रकेट परीक्षणमा स्थायी रोक लगाउने प्रस्तव पनि राखेको उनले बताए । हनोई शिखर सम्मेलन जस्तो अर्को अवसर पाउन कठिन हुने विदेशमन्त्री योंगले आसंका ब्यक्त गरे ।

यदी अमेरिका भविष्यमा पुन वार्ताको प्रस्ताव राख्छ भने पनि हाम्रो तर्फबाट सैद्धान्तिक धारमा कुनै परिवर्तन आउने छैन र हाम्रो प्रस्ताव कहिल्यै परिवर्तन हुँदैन ।

ट्रम्पले वार्ता विना सम्झौतामा टुंगिनुमा उत्तर कोरियामाथि दोषारोपन गर्दै सम्पुर्ण वार्ता प्रतिवन्धमा केन्द्रित रहेको बताएका थिए । उत्तर कोरियाले प्रतिबन्ध पुर्ण रुपमा हटाओस भन्ने चाहेको तर अमेरिकाले त्यसतो गर्न नसक्ने उनले बताएका थिए । तर उनले उत्तर कोरियासँग वार्ता भविष्यमा पनि जारी रहने आश्वासन दिएका थिए ।