बंगलादेशले थप रोहिँग्यालाई स्विकार नगर्ने


ढाका,(एजेन्सी)
बंगलादेशले शुक्रवार संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई आफुले अब म्यान्मारबाट भागेर आएका रोहिँग्या मुश्लिमहरुलाई स्विकार नगर्ने जानकारी दिएको छ ।

बंगलादेशी विदेश सचिव शाहिदुल हकले म्यान्मारले ति अल्पमत मुश्लिम समुहलाई स्वदेश फर्काउने प्रतिवद्धता पूरा नगरेको आराप लगाएका छन् । सन् २०१६ र २०१७ मा म्यान्मारको रखाइन राज्यमा सैनिक दमन बढेपछि भागेका करिव ७ लाख ४० हजार रोहिँग्याहरु बंगलादेशका विभिन्न शरषार्थी शिविरमा रहेका छन् ।

संयुक्त राष्ट्र संघले यस समस्यालाई म्यान्मार सरकारका जातिय सफाया अभियानको संज्ञा दिएको छ । उक्त दमन रोकन असफल भएको भन्दै शानितका लागि नोवेल पुरुस्कार विजयी तथा प्रजातनत्रका सेनानी आंग सान सुकीको अन्तर्राष्ट्रिय स्तरमा व्यापक विरोध भएको थियो ।

मानव अधिकार समुह एमनेस्टी इन्टर नेसनलले त सुकीलाई विगतमा दिइएको सम्मान नै फिर्ता लिएको थियो । सन् २०१८ को जनवरीमो रोहिँग्या शरणार्थीलाई फिर्ता लाने विषयमा मयान्मार र बंगलादेशबिच सम्झाता पत्रमा हस्ताक्षर भएके थियो ।

म्यान्मार प्रत्येक साता १ हजार ५ सय रोहिँग्यालाई स्वदेश फिर्ता लान सहमत भएके थियो । विहिवार सुरक्षा परिषदको बैठकमा भाग लिने क्रममा हकले सुरक्षित वातावरण तयार भइनसकेकाले एकजना पनि रोहिँग्या मुशिलम स्वदेश फर्कन राजि नभएके बताएका थिए ।

तर संयुक्त राष्ट्र संघका लागि म्यान्मारका राजदुत हाउ दो सुआनले यस समस्या समाधानका लागि ठूलो मनोवैज्ञानिक र शारिरीक अवरोधहरु अझै कायमै रहेकाले धैर्यतापुर्वक प्रतिक्षा गर्न आब्हान गरेका छन् ।

यसैबिच म्यान्मारका लागि संयुक्त राष्ट्र संघका विशेष दुत क्रिस्टिन स्क्रानर बजेृनरले रोहिँग्यालाई म्यान्मारमा फर्काउने अभियानको प्रगतिमा निक ैढिलाई भइरहेको प्रतिक्रिया दिएकी छिन् ।