संसदमा पाकिस्तानी प्रधानमन्त्रीको यो १० मिनेटको सम्बोधन जसले संसारमै मच्यायो तहल्का


काठमाडौं । भारत र पाकिस्तानबीचको तनाब बढ्दैं गएको थियो । भारत र पाकिस्तान युद्धमा होमिएपछि त्यसले चीन र अमेरिकालाई अछुतो नराख्ने र विश्व नै अर्को विश्व युद्धमा होमिने त्राही विश्वसमुदायमा नै थियो । त्यहाँबाट आइरहेका खबरले कतै अब विश्व तेस्रो विश्वयुद्धको चपेटामा त जाँदैन भन्ने त्रास बढिरहेका बेला हिँजो पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो व्यवस्थापिका संसदलाई सम्बोधन गर्नुभयो ।

त्यो सम्वोधन जम्मा १० मिनेटको मात्र थियो । तर त्यो संसारभरी नै सन्सनी फैलियो । विश्वभरीका शान्तीगामी मानिसहरुले इमरानलाई सम्मान प्रकट गरे । भारतको प्रशासित क्षेत्र कस्मीरमा भएको आक्रमणपछि भारतले पाकिस्तानी भूमीमा हमला गर्यो । पाकिस्तान निक्कै संयमित बन्यो । उसले भारतमाथी हमला गरेन तर पाकिस्तान छिरेका विमानलाई आफ्नै भूमीमा खसालेर तागत देखाईदियो ।

पाकिस्तानले वायु सेनाको विमान खसालेर त्यसका चालक समेत नियन्त्रणमा लिएको थियो । त्यसपछि भारतले आफ्ना सैन्य अधिकारीलाई विना शर्त रिहा गर्न माग गरेको थियो । तर पाकिस्तानले रिहासँगै वार्ताको टेबलमा आउँन अपिल गरेको थियो । तर भारतले पाकिस्तानको भद्र आग्रहलाई लत्याई रहेको अवस्थामा इमरानले आफ्नो संसदमा सम्बोधन गरे ।

र भने म विश्वभरीका शान्तिप्रेमी मानिसको पक्षमा उभिन चाहान्छु । भारतले पाकिस्तान हान्न पठाएका लडाकुलाई सकुशल विना शर्त फिर्ता पठाईदिन्छु । म युद्धको पक्षमा छैन । भारत पाकिस्तानबीच देखिएका समस्या वार्ताबाट हल गर्न चाहान्छु । अहिलेपनि हामी वार्ताको टेबलमा बसौँ । मलाई भारत जान कुनै समस्या छैन । तपाई मोदी जीपनि निर्धक्क भएर पाकिस्तान आउँनुहोस् । बसेर समस्या सामधान गरौँ । यो भावको सम्वोधन बाहिर आएपछि विश्वका मानिस इमराजको प्रशंसक बने ।

दुई देशबीचको तनावलाई आज विश्वले नजिकबाट हेर्न खोजिरहेको छ । भारतमा लोक सभा निर्वाचन आउँनु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घट्दैं जानुले कतैं पुलवा घटना भारत आफैं घटाएको त होईन ? यो प्रश्न भारतमा भएका विपक्षी दलहरुले उठाउन थालेका छन् । भारत प्रशासित कश्मिरको पुलवामामा भएको चरमपन्थी हमलापछि भारत र पाकिस्तानको वायुसेनाले सीमा पार गरेर एक–अर्काको क्षेत्रमा प्रवेश गर्दै आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।

यो क्रममा पाकिस्तानले भारतका एक मिग विमान पाकिस्तान प्रशासित कश्मिरमा खसाल्यो र भारतका एक पाइलटलाई नियन्त्रणमा लियो । हिजो पाकिस्तानी संसदमा बोल्दैं पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई रिहा गर्ने घोषणा गर्नुभयो । भारतीय पाइलट आज भारत फिर्ता पठाइनेछ । पुलवामाको घटना १४ फेब्रुवरीमा भएको थियो जबकी दुई देशका सेनाबीच भएको यो घटना २६ र २८ फेब्रवरीमा भएको हो ।

यतिबेला जहाँ एकातर्फ भारतको राजनीतिक नेतृत्वको तर्फबाट कुनै आधिकारिक बयान आएको छैन भने अर्कातिर पाकिस्तानका प्रधानमन्त्रीले यसबारे लगातार जानकारी दिइरहनु भएको छ । पाकिस्तानी प्रधानमन्त्री जतिपटक क्यामरामा देखिनुभयो उहाँले युद्ध नगर्ने कुरा दोहोर्याउँदैं आउनु भएको छ । पहिलो पटक उहाँले भारत–पाकिस्तानबीच भएका युद्ध र त्यसले निम्त्याएको विनाशको उदाहरण दिदैं बिहिबार संसदमा क्यूबा मिसाइल संकटको उदाहरण दिनुभयो । सोभियत संघले अमेरिकाविरुद्ध क्यूबामा आफ्नो मिसाइल तैनाथ गरेको थियो ।

त्यतिबेला संसारभरी संकटको बादल छाइरहेको थियो किनभने एकातर्फ अमेरिका र रुसमा खिँचातानी थियो भने अर्कोतर्फ भारत–चीनबीच पनि युद्ध चलिरहेको थियो । इमरानले युद्ध कुनै पनि कुराको हल होइन भनेर पटक–पटक बताइरहनु भएको छ ।
पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय पाइलट अभिनन्दनलाई छोड्ने इमरान खानको एउटा निकै राम्रो कदम भएको भन्दैं भारत लगायत विश्वभरीमा जनताले खानको कार्यको प्रशंसा गरेका छन् ।

अभिनन्दनले कुनै अपराध त गर्नुभएको त होईन उहाँ त मात्र एक युद्धबन्दी हुनुहुन्छ । आफ्नो मुलुकका लागि काम गरिरहँनु भएको थियो त्यसकारण उहाँलाई छोड्ने इमरान खानको एउटा निकै राम्रो राजनीतिक निर्णय हो । इमरानको यो निर्णयले पाकिस्तान र भारत बिचको अहिलेको स्थितीलाई सुधार्ने विश्वास गरिएको छ । विश्व स्तरमा हेर्ने हो भने, यो निर्णयले इमरान खानको कद पक्कै पनि बढेको छ ।

इमरान खान मिडिया सामू आउन कहिले पनि आफट्यारो मान्ने गर्नु भएको छैन । जबदेखि इमरान पाकिस्तानको राजनीतिमा प्रवेश गर्नुभयो उहाँ क्यामरामा छाइरहनु भएको छ । उहाँ एक चर्चित क्रिकेटरको रुपमा पनि एक अन्तर्राष्ट्रिय सेलिब्रिटी हुनुहुन्छ । जहाँ क्रिकेट खेलिन्छ त्यहाँ इमरान निकै चर्चित हुनुहुन्छ । उहाँको इज्जत छ जसको फाइदा खान बेलाबेलामा उठाउँनुहुन्छ । इमरान खानको बोल्ने कला पनि निकै राम्रो छ । उहाँले जे जति कुरा गर्नुहुन्छ, त्यसले पनि उनलाई फाइदा पुर्याउँछ ।

इमरान एक जननेता हुनुहुन्छ, जसको उहाँले फाइदा उठाइरहनु भएको छ र यस्ता नेता चर्चामा छाइरहन्छन् । त्यसको प्रयोग गर्नु हरेक राजनेताको अधिकार पनि हो । यतिबेला पाकिस्तान र अफगानिस्तानबीच जुन स्थिती छ त्यसले पाकिस्तानलाई निकै असर पुर्याइरहेको छ र इमरान खान सरकार यतिबेला शान्ति चाहन्छ । उहाँ कुराकानीमार्फत यो मुद्दा सुल्झाउन चाहनुहुन्छ । इमरान गलत प्रचार गरिरहनु भएको छैंन, उहाँ सच्चा मनले कुरा गरिरहेको छ ।

पुलवामाको घटनापछि उहाँले सबैभन्दा पहिले चरमपन्थबारे कुरा हुनुपर्छ भन्ने भारतले राखेको शर्त पनि मानन तयार हुनु भएको छ । पाकिस्तान पहिलेदेखि नै आफ्नो पश्चिमी सीमामा चरमपन्थविरुद्ध युद्ध लडिरहेको छ । पाकिस्तानको सेनाले कतै न कतै युद्ध हुन नहुने र कुराकानीमार्फत मुद्दा सल्टाउनुपर्ने चाहना राख्दैं आइरहेको छ ।

इमरान जुन दिशामा पाकिस्तानलाई लैजान चाहानुहुन्छ, त्यो एकदम सही छ । अफगानिस्तानसँग लडाईं समाप्त गर्ने दिशामा उहाँको तीब्र कारवाही गरिरहनु भएको छ । खान अफगानिस्तानमा स्थिती सामान्य होस् र युद्ध समाप्त होस् भन्ने चाहाना राख्नुहुन्छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पनि यो ‘कहिल्यै समाप्त नहुने लडाई’ समाप्त होस् भन्ने चाहाना राख्नुहुन्छ ।

करतापुर करिडोरलाई इमरान खानले सिखका लागि खोल्ने पहल गर्नुभयो । उहाँले सिख भिसा बिना नै पाकिस्तान आउन् र दर्शन गरुन् भन्ने कुरामा विचार गर्नुहुन्छ, यो एउटा राम्रो कोसिस हो । यस्ता कुराहरु इमरानले प्रधानमन्त्री बनेपछि देशमा लागू गर्नुभएको र प्रधानमन्त्रीको पद सम्हालेको मात्र पाँच महिना पुगेको छ ।

यस्तोमा पाकिस्तानको जुन आर्थिक स्थिती छ, त्यसलाई नियन्त्रण गरेर अबको दुई–तीन वर्षमा पाकिस्तानको ‘ग्रोथ रेट’ राम्रो भयो भने उहाँले कुनै काम गरेको भन्न सकिन्छ । अहिलेका लागि हामी यो भन्न सक्छौं कि उहाँको विश्वभर सकारात्मक कदम चालेका कारण इज्जत बढेको छ । बीबीसी हिन्दी