ट्रम्प–किम वार्ता: परमाणु सम्झौतामा पुग्न असफल


हनोई (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच दुई दिनमा दुईवटा वार्ता भए । यद्यपी दुई बीच कुनै सम्झौता भएको छैन । ह्वाइट हाउसल कुनै प्रकारको सम्झौतामा हस्ताक्षर नभएको पुष्टि गरेको छ ।

बुधबार दुबै नेताले सँगै रात्री भोज पनि गरेका थिए । ट्रम्पले कुनै पनि नतिजामा पुग्न सहज नहुने बताएका थिए । नतिजमा पुग्न सँधै धैर्य गर्नु पर्ने उनले बताए । ट्रम्पले भने– हामीलाई कुनै हतार छैन र हामी सही सम्झौता गर्न चाहन्छौ ।

ट्रम्प किमले हनोईको मेट्रोपोल होटलमा भेटवार्ता गरेका थिए । यसबीच किमले राम्रो नतिजा हासिल गर्न आफनो तर्फबाट हरसंम्भव प्रयास गर्ने बताएका थिए । भेटवार्तापछि दुबै नेता सँगै पैदल पनि हिँडेका थिए । किमले यदि आफुले परमाणु हतियार अन्त्य गर्न नचाहेको भए आफु त्यहाँ नहुने पनि बताएका थिए ।

हनोई प्रस्थान गर्ने बेला ट्रम्पले ट्विटमा किमसँगको वार्ता सफल हुने उल्लेख गरेका थिए । ट्रम्पले परमाणु हतियार पुर्ण रुपमा समाप्त पारेपछि उत्तर कोरिया तिब्र गतिमा आर्थिक शक्ति केन्द्र बन्ने पनि बताएका थिए । किमले समझदारी पुर्ण फैसला लिनेमा आफु आशावादी भएको उनले बताएका थिए ।

किमले उत्तर कोरिया विरुद्धको प्रतिबन्ध हटाउनु पर्ने मार्ग अगाडी सारेपछि ट्रम्पले बिना उपलब्धी जाने फेसला गरेको बताइएको छ । यस वार्तामा दुई नेता संयुक्त विज्ञप्तीमा हस्ताक्षर गर्न असफल रह्यो र वार्ता गतिरोध मै समाप्त भयो । संयुक्त विज्ञप्तीमा दुबै नेताले हस्ताक्षर गर्ने कुरा पहिल्यै निर्धारित थियो ।
ट्रम्पले भने– उसले प्रतिबन्ध पुर्ण रुपमा हटाउन पर्छ भन्ने चाहेका थिए र हामी त्यस्तो गर्न सक्दैनथ्यौं ।

यद्यपी ट्रम्पले आफु आशावादी रहेको र भविष्यमा अत्यन्त राम्रो परिमाण आउने स्थिति रहेकोमा जोड दिए ।

सन् २०१८ जुन १२मा सिंगापुरमा ट्रम्पसँग पहिलो ऐतिहासिक शिखर वार्तापछि उत्तर कोरियाले अहिलेसम्म कुनै ब्यालेस्टिक क्षेप्यास्त्र र परमाणु परीक्षण गरेको छैन । यसअघि किम जोङ उनले हाइड्रोजन बम सहित ६ वटा परमाणु परीक्षण गरेका थिए ।

बार्मबायरको मृत्युमा किम दुखित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा उत्तर कोरियामा बन्दी बनाइएका र पछि अमेरिका फिर्ता पठाइएपछि मृत्यु भएका विद्यार्थी ओट्टो वार्मबायरको घटनामा उत्तर कोरियाली नेता किम जोङ उनले अत्यन्त दुख महसुस गरेको बताए ।

दुई नेताबीचको वार्ता परमाणु सम्झौतानमा पुग्न असफल भएपछि विहिबार भियतनामको हनोईमा आयोजित एक पत्रकार सम्मेलनमा आफुले किमलाई विश्वास गरेको ट्रम्पले बताए ।

यी जेलहरु खराब छन्, तिनीहरु नराम्रो ठाउँमा हुन्छन र नराम्रा कुराहरु हुन्छन् । तर यस विषयमा उनलाई थाहा छ भन्ने मैलाई विश्वास लाग्दैन ‘ ट्रम्पले बताए । ‘उनले मलाई यस विषयमा थाहा नभएको बताए र मैले उसैको शब्द दोहोर्याएको हो ।

वार्मबायरमाथि जे भयो त्यसतो गराउनमा उत्तर कोरियाली नेताकै विशेष चासो होला भन्ने मैले सोचेको छैन, ट्रम्पले बताए ।