शान्तिलाई जोड दिँदै खानद्वारा भारतिय पायलटलाई छाड्ने निर्णय


इस्लामावाद,(एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शान्ति र सदाशयताको संकेत स्वरुप आफ्नो भुमिमा पक्राउ परेका भारतिय लडाकु जेट विमानका पायलटलाई शुक्रवार रिह ागर्ने घोषण गरेका छन् ।

लामो समय देखि भारतसँग शान्तिका लागि अपिल गर्दै आएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले लिएको यो निर्णयको कारण भारतमा इमरान खान प्रतिको प्रेम र सम्मानको लहर फैलिएको छ । पायलट अभिनन्दन भार्थामानलार्ई रिहा गरिने खवर सार्वजनिक भएपछि उनकी वृद्धा आमाले टेलिभिजनमा देखिएका इमरानलाई धन्यवाद दिइरहेको तस्वीर पनि भाइरल भएको छ ।

पाकिस्तान भारतसंगको तनाव चर्काउन नदिने विषयमा केन्दि«त रहेको भनी भाषण दिएपछि संसदमा खानले अभिनन्दनको रिहाइको घोषणा गरेका थिए । गत १४ फेब्रुअरीमा काश्मििरको पुल्वामा आत्मघाती आक्रमण गरी पाकिस्तान स्थित र्जस ए मोहमद नामक इस्लामिक समुहले ४६ जना भारतिय सैनिकलाई मारकेो बदला स्वरुप मंगलवार भारतले पाकस्तानको बालाकोट स्थित सो समुहको तालिम अखडालाई लक्षित गर्दै हावाई हमला गरेको थियो ।

तर खानले भने पुल्वाको आतंककारी घटनाको छानविनका लागि समेत मद्धत गर्ने प्रस्ताव राख्दै दुवै राष्ट्रको हातहतियार होडवाजीको परिणाम निकै भयानक र अनियन्त्रित हुन सक्ने बताउँदै शानित्वार्तामा जोड दिएका थिए ।

पाकिस्तानले बुधवार अभिनन्दले उडाइरहेको लडाकु विमान खसालिदिएको थियो । खानले बाध्य भएर भारत माथि हवाई प्रत्याक्रमण गर्नु परेको बताएका छन् । अभिनन्दनलाई कब्जामा लिइएकै कारण भारत माथि ठूलो धक्का लागेको हो ।

भारतमा हिरोको रुपमा व्यापक प्रशंसा हुँदै गरेका भारतिय वायु सैनिक फौजका विंग कमान्डर अभिनन्दनको तत्काल रिहाइका लागि नयाँ दिल्लीले माग गर्दै आएको थियो । बुधवार राष्ट्रका गुप्तचर तथा सुरक्षा प्रमुखहरुसंग भेटघाट गरेका प्रधानमन्त्री नरेन्द« मोदीले भारत पाकिस्तानबिचको तनावको सिलसिलामा विकसित यस नयाँ परिस्थितीबारे अझै सम्म केहि प्रतिक्रिया दिएको छैन ।

होर्रानमा झरेका अभिनन्दनले गाउँलेहरुले ढुागाले हान्न थालेपछि चेतावनी स्वरुप हवाई फायर गरेको प्रत्यक्षदर्शीहरुले विविसिलाई बताएका छन् । पाकिस्तानको सुचना मन्त्रालयले बुधवार उनको आँखामा पटि बाँधिएको अवस्थामा भिडियो मार्फत सार्वजनिक गरेको थियो । काश्मिरको स्वामित्व सम्बन्धी विवादलाई लिएर भारत पाकिसतानबिच तीन वटा युद्ध भइसकेका छन् ।