हनोई शिखर वार्ता: ट्रम्प–किमबीच ३० मिनेटको वार्ता


हनोई (एजेन्सी)
उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पबीच बुधबार भियतनामको राजधानी हनाई स्थित मेट्रोपोल होटलमा दोस्रो शिखर वार्ता भएको छ । वार्तापछि दुबै नेता पहिलो पटक सँगै रात्री भोजमा पनि सरिक भएका थिए । यी दुई नेताबीच गत बर्ष जुन १२ मा सिंगापुरमा पहिलो पटक शिखर वार्ता भएको थियो ।

वार्ताका लागि बैठक कक्षमा प्रस्थान गरिरहँदा राष्ट्रपति ट्रम्पलाई कोरियाली प्रायद्विपलाई परमाणु निसस्त्रिकरण गर्ने आफ्नै प्रतिबद्धताबाट उनी फिर्ता हुने होकी भन्ने प्रश्न सोधिएको थियो । ‘हुँदैन ‘उनले छोटो जवाफ दिएका थिए ।
कोरियाली युद्ध समाप्त भएको घोषण गर्ने योजना छ की भन्ने अर्को प्रश्नको जवाफमा उनले भने – हामी प्रयास गर्नेछौं ।

हनोईमा बुधबार आयोजित रात्री भोजमा डोनाल्ड ट्रम्प र किम जोङ उन सहज र मैत्रीपुर्ण देखिएका थिए । ‘राम्रो मनपर्ने खाना खानु भन्दा राम्रो अर्को केही छैन‘ ट्रम्पले ठट्टा गर्दै भनेका थिए । उक्त रात्री भोजको समाचार संकलनमा केही सिमित पत्रकारहरुलाई मात्र अनुमति दिइएको थियो ।

वार्तापछि दुई नेतासँग रात्री भोजमा

रात्री भोजको राउन्ड टेबलमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र कार्यबाहक सचिव माइक मुल्भेनीसँगै बसेका थिए । ट्रम्पले फोटोग्राफरहरुलाई आफु र किम राम्रो आउने गरि तस्वीर खिच्न भनेका थिए ।
‘हामी भोली अत्यन्तै ब्यस्त हुने छौं ‘ ट्रम्पले थप्दै भने, हाम्रो सम्बन्ध भनेको अत्यन्तै विशेष सम्बन्ध हो ।

उत्तर कोरियाली नेता किमले डोनाल्ड ट्रम्पसँगको आफनो दोस्रो शिखर बैठकका लागि अमेरिकी राष्टपतिको ‘साहसिक राजनितिक निर्णय‘ सम्भव भएको बताउँदै उनलाई धन्यवाद दिए । हनोईमा ट्रम्पसँगै बसिरहेका किमले अहिले र गत जुनको बीचमा ‘धेरै विचार, प्रयास र धैर्यता‘ प्रदर्शन भएको बताए । गत बर्ष जुनमा उनको र अमेरिकी नेताबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो ।

सिंगापुर शिखर बैठकको समयमा अमेरिका–उत्तर कोरियाली सम्बन्धलाई लिएर बाहिर विश्वमा असमझदारी रहेको पनि किमले बताए । हनोइ शिखर बैठकबाट आउने नतिजालाई सबैतिरबाट स्वागत हुनेमा आफु आशावादी रहेको किमले बताए ।

बुधबार भएको ३० मिनेटको बैठकमा दुईबीच अत्यन्तै रोचक वार्ता भएको उनले बताए ।

हनोई प्रस्थान गर्ने क्रममा ट्रम्पले ट्विट गरि किमसँगको वार्ता सफल हुने बताएका थिए । ट्रम्पले पुर्ण रुपमा परमाणु हतियार त्याग गरेपछि उत्तर कोरिया तिब्र गतिमा आर्थिक शक्ती केन्द्र बन्ने उल्लेख गरेका थिए । किमले समझदारी पुर्ण फैसला लिने आफुले अपेक्षा गरेको र आफुलाई यस मामिलामा कुनै हतार पनि नभएको बताएका थिए । आफुले कसैको परीक्षण गर्न नगइरहेको पनि उनले बताए ।

आज प्रत्यवार्ता
ट्रम्प र किमबीच विहिबार प्रत्यक्ष वार्ता हुनेछ । त्यसपछि रात्री भोजको आयोजना हुने छ र पुन वार्ता जारी रहनेछ । ट्रम्पले किमलाई आफनो मित्र बताएका छन् । केही समय अगाडीसम्म उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर दुई देशबीच तनाब बढेको थियो र दुई देशका नेता एक अर्काको अपमान गरिरहेका थिए । अहिले ताजा सम्बन्धलाई लिएर आफनो ब्यस्तताको आलोचना गर्ने विरोधीहरुलाई ट्रम्पले निसाना बनाइरहेका छन् ।

ट्रम्पले पुर्व राष्ट्रपति ओबामालाई संकेत गर्दै भनेका थिए– डेमोक्र्याट्सले यस विषयमा कुरा गर्न बन्द गर्नु पर्छ कि मैले उत्तर कोरियासँग के गुर्न पर्छ । त्यसको सट्टा ओबामा प्रशासनको ८ बर्षमा यो किन गरिएन भन्ने प्रश्न आफैमाथि गर्नु पर्नेछ ।

चीनद्वारा स्वागत
दुई प्रतिद्वन्द्वि राष्ट्रका नेताबीच भएको यो दोस्रो शिखर वार्तालाई चीनले स्वागत गरेको छ । विदेशमन्त्री वांग यीले ट्रम्प र किमको वार्ता परमाणु निसस्त्रिकरणका दिशामा अगाडी बढ्नका लागि र कोरियाली प्रायद्विपमा शान्ति बनाइ राख्न अत्यन्त महत्वपुर्ण कदम प्रमाणित हुन सक्ने बताए ।

चीन उत्तर कोरियाको एक मात्र सक्तिशाली सहयोगी राष्ट्र हो । किमले हनोई जाने क्रममा दुई दिनसम्म चीनको बाटो प्रयोग गरेका थिए । उत्तर कोरियाली नेताले चिनिया राष्ट्रपति सी जिनपिंगसँग जनवरीमा चौथो पटक भेटवार्ता गरेका थिए । त्यसैले पनि हाल भइरहेको कुटनितिक उतारचढावमा चीनको भुमिका महत्वपुर्ण मानिएको छ ।

विदेशमन्त्री वांग यीले पश्चिमी चिनिया सहर बुझेनमा आफना रुसी तथा भारतिय समकक्षीसँगको वार्तापछि भने– यो हनोई बैठकमा हामी कडा मेहनतबाट यो स्थितिसम्म पुर्याउन उत्सा बढाउन सक्ने मात्र होइन, हामी प्रायद्विपलाई परमाणु निसस्त्रिकरणको दिशामा अगाडी बढ्न र शान्ति प्रक्रिया स्थापित गर्नका लागि एक महत्वपुर्ण कदम पनि उठाउन सक्छौं ।