रेलवे स्टेसनमा भयानक आगलागी


कायरो,(एजेनसी)
इजिप्टको राजधानी कायरोको प्रमुख रेलवे स्टेसनमा बुधवार ठूलो आगलागि हुँदा कमितमा २५ जनाको ज्यान जानुका साथै अन्य ५० जना घाइते भएको सरकारी टेलिभिजनले जनाएको छ ।

राष्ट्रिय रेलवे निकायले सेन्ट्रल रामसेस स्टेसनमा एउटा ट्रेन कनिक्रट वफर स्टपसंग ठोकिएको जनाएको छ । सो दुर्घटना हुनासाथ ट्रेनको इन्धन भरिएको टैक विस्फोट हुादा प्लेटफर्म लगायत नजिकका भवनहरमा आगलागि भएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री मोस्ताफा ममादवोली घटनास्थलमा पुगेका छन् । सो दुर्घटनाको कारण अझै थाहा हुन नसकेको बताइएको छ । तर मोस्ताफाले यस घटनामा संलग्न जोकोहिलाई पनि कठघरामा उभ्याएर कडा कारवहाी गर्ने प्रतिवद्धता जनाएका छन् । सन् २०१७ को अगष्टमा पनि भुमध्य सागरिय वन्दरगाह शहर अलेक्जान्दि«यामा दुईवटा यात्रुवाह ट्रेन आपमा ठोकिँदा ४३ जनाको ज्यान जानकुा साथै ऋनय १ सय जना भन्दा बढि घाइते भएका थिए ।