भारत र पाकिस्तान दुवै थप तनाव नचर्काने पक्षमा


इस्लामावाद,(एजेन्सी)
पाकिस्तानले आफु जस्तै आणविक शक्ति सम्पन्न छिमेक िमुलुक भारतसंगको काश्मिरमा भएको एक आत्मघाती आक्रमणलाई लिएर चर्केको तनावको क्रममा बुधवार भारतका दुईवटा सेनिक लडाकु जेट विमान खसालेको तथा दुईजना पायलटलाई नियन्त्रणमा लिएको दावी गरेको छ ।

तर भारतले भने हवाई आक्रमणमा संलग्न आफ्नो एउटा मिग २१ लडाकु जेट विमान र एकजना पायलट हराइरहेको जनाएको छ । यता पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै राष्ट्रले एक अर्कासंग भएको हातहतियारको परिमाण र क्षमताबारे वेवास्त ागर्न नसक्ने बताउका छन् ।

काश्मिरको अलिकति मात्र भू–भाग आ–आफनो नियन्त्रणमा राखेका भारत र पाकिस्तान दुवैले सम्पुर्ण काश्मिर माथिको स्वामित्व दावी गर्दै आएका छन् । सन् १९४७ मा वेलायती उपनिवेशबाट स्वाधिनता हासिल गरेयता छुटिएपछि भारत र पाकिस्तानबिच तीन वाट लडाईं भइसकेको छ ।

तर सन् १९७१ पछि भने पहिलो पटक भारत र पाकिस्तान छुट्याउने काश्मिरको नियनत्रण रेखामा भारले हवाई आक्रमण गरेको हो । गत १४ फेब्रुअरीमा भारत अधिनस्थ काश्मिरको पुल्वामा पाकिस्तान स्थित इस्लामिक समुह जइस ए मोहमदले भारतिय अर्ध सैकि चढेको बसमा विस्फोटक पदार्थ लादिएको कार ठोकाएर आत्मघाती आक्रमण गराउँदा ४६ जना सैनिकको ज्यान गएको थियो ।

प्रधानमन्त्री मोदी सुरक्षा वार्तामा

त्यसैको बदला स्वरुप भारतले मंगलवार पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको थियो । पाकिस्तानको सुचना मन्त्रालयले सार्वजनिक गरेको एउटा भिडियोमा पाकिस्तानीले एकजना पायलटलाई नियनत्रणमा लिइएका भारतिय भएको दावी गरेको छ ।

तर सो भिडियो पछि अनलाईनबाट हटाइएको थियो । सो भिडियोमा आँखामा पटि बाँधिएका र अनुहारमा रगत देखिएका ति व्यक्तिले आफुलाई विंग कमान्डर अभिनन्दनको रुपमा परिचय दिएको देखिन्छ ।

साथै सो मन्त्रालयले उक्त भिडियोमा आफुले खसालेको दावी गरेको भारतिय विमानको फुटेज पनि राखेको छ । यसैबि चभारतको विदेश मन्त्रालयका प्रवक्ता राविश कुमारले एउटा जेट र त्यसको पायलट हराएको पुष्टि गर्दै भारतिय लडाकु विमानले एउटा पाकिस्तान् िलडाकु विमान खसालेको तथा भारतिय स्थल सेनाले सो विमान नियन्त्रण रेखा देखि पाकिस्तानी क्षेत्रमा खसेको देखेको दावी गरेका छन् ।

तर पाकिस्तानले भने आफ्नो कुनैपनि जेट विमानमा क्षति नपुगेको बताएको छ । सरकारी टेलिभिजन मार्फत पाकिस्तानी प्रधानमन्त्री खानले भारतसंग आतंकवादको विषयमा वार्ताका लागि प्रस्ताव राख्दै थप तनाव नचर्काउन चेतावन िपनि दिएका छन् ।

उनले यदि तनाव चर्केको खण्डमा त्यो भारतिय प्रधानमन्त्री मोदी र आफ्नो वशमा नरहने बताएका छन् । खानले पाकिस्तानले भारतिय पक्ष आ्फनो भुमिा पसेजस्तै पाकिसतानी पनि त्यहाँ पुग्ने सक्ने उदाहरण मात्र दिएको जनाएका छन् । वर्तमान परिस्थितीवारे वरिष्ठा सुरक्षा तथा गुप्तचर अधिकारीहरुसंग छलफलमा व्यस्त रहेका मोदीले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन ।

भारतिय विदेश मन्त्री सुषमा स्वराजले भने भाारतले जिम्मेवारी र आत्मसंयम अपनाउने बताएकीछिन् । चीनमा रुसी तथा चिनिया विदेशमन्त्रीसंगको भेटवार्तापछि स्वराजले भारतले थप तनाव हेर्न नचाहेको बताएकी छिन् ।
भारतले पाकिस्तानी लडाकु विमानहरुलाई स्वदेश फर्कन बाध्य पारेको दावी गरेको छ । यसैगरी पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल गाफुरले पाकिस्तानी लडाकु जेट विमानले भारतका छ वटा स्थानमा हमालाको लक्ष राखेको तर खुल्ला जमिनमा मात्र हवाई आक्रमण गरेको पनि बताएका छन् ।