सुनखानीमा पहिरोः ६० जनाको मृत्यु


काठमाडौं । इण्डोनेसियाको सुनखानीमा पहिरो गएको छ । बुधबार राति गएको पहिरोमा पुरिएर ६० जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।

इण्डोनेसियाको सोलुवासीको टापुमा अवैधरुपमा सुनखानी उत्खन्न गरिरहेका बेला पहिरो गएको हाे । पहिरोमा १३ जना जिवितै उद्धार गरिएको छ ।

इण्डोनेसियाली सरकारले यस्ता सुनखानी उत्खन्न गर्न  प्रतिबन्ध लगाएको छ, तथापि क्षेत्रीय अधिकारीहरूले त्यसको प्रवाह नगरी खानी उत्खन्न गरिरहेका छन् ।