ट्रम्प किम वार्ता: लामो रेल यात्रापछि किम हनाई पुगे


हनोई (एजेन्सी)
उत्तर कोरियाका नेता किम जोङ उन रेलको लामो यात्रा पछि मंगलबार भियतनामको राजधानी हनाई पुगेका छन् । हनोईमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो शिखर वार्ता गर्ने छ ।

यस वार्तामा उत्तर कोरियाको परमाणु कार्यक्रमका सम्बन्धमा उल्लेखनिय प्रगतिको अपेक्षा गरिएको छ । यसअघि दुई नेताबीच गत बर्ष जुनमा सिंगापुरमा पहिलो शिखर बैठक भएको थियो । ८ महिना अगाडी भएको उक्त शिखर सम्मेलनमा परमाणु कार्यक्रम अन्त्य गर्ने सहमति भएको बयान जारी गरिएको थियो ।

दोस्रो शिखर सम्मेलनमा यस मामिलामा केही ठोस कदम उठाइनु पर्ने विज्ञहरुले बताएका छन् । प्राय शान्त रहने गरेको भियतनामको सिमा स्टेसन डोंग डांगलाई किमको आगमनका लागि विशेष सृंगार गरिएका थियो ।
किम आफना हजुरबुबा र पिताको परम्परालाई पछ्याउँद प्योङयाङबाट चीनको मार्ग हुँदै ४ हजार किलोमिटरको दुरी तय गर्दै विशेष बुलेट प्रुफ रेलबाट भियतनाम पुगेका छन् ।

सुरक्षाकर्मी र सहयोगीहरुबाट घेरिएका किमलाई भब्य स्वागत गरियो । उनको सम्मानमा सैन्य सम्मान गारतको पनि आयोजना गरिएको थियो । उनका १२ जना सुरक्षा गार्डले उनको निजि मर्सिडिज गाडीसम्म जगिंग गर्दै सुरक्षा दिएका थिए ।

किमलाई एक पटक हेर्न विहान हुनु अगाडीनै चीसो र बर्षामा कुरेर बसेको स्थानिय अधिकारी होआंग थी थुयले बताए । यसअघि किमका हजुरबुबा किम इल सुंग सन् १९६४ मा भियतनामको भ्रमणमा आएका थिए । थुयले एएफपीलाई भने– जब ट्रेन आइपुगे हामीलाई आफनो ठाउँमा उभिन भन्दा म अत्यन्तै उत्साहित भएँ । हामीले टाढाबाट किमलाई देखँे । मलाई अत्यन्त खुसी भएँ, यसलाई बयान गर्न कठिन छ ।

परम्परागत माओ शैलीको कालो सुट लगाएका र अंगरक्षकहरुले घेरिएका किम हनोई जान मर्सिडिज बेन्ज र वाहनको ताँतीसँगै प्रस्थान गरेका थिए । हनोईमा उनको पर्खाइमा सडकको किनारामा नागरिकहरुको भिड लागेको थियो ।


उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियाली नेता किमसँग दास्रो चरणको वार्ताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प हवाई मार्ग हुँदै मंगलबार रानी हनोई पुग्ने कार्यक्रम रहेको छ । यसअघि उनले ट्विटमा आफु दोस्रो शिखर सम्मेलनको सफलता अपेक्षा गरिरहेको बताएका थिए । ट्रम्पले ट्विटमा भनेका छन्, परमाणु कार्यक्रम पुर्ण त्याग गरि उत्तर कोरिया आर्थिक शक्ति बन्न सक्छ । यसतो नगर्नुले भने उ पहिले जस्तै बनिरहनेछ छ । चेयरम्यान किम बुद्धिमत्ता पुर्वक निर्णय लिनेछ ।

अमेरिकी राष्टपतिले बुधबार र बिहिबार हुने बैठकलाई लिएर गत बर्ष जुनको भन्दा कम मात्र उपलब्धिमुलक हुन सक्ने स्विकार गरेका छन् ।तर उनले परमाणु तथा क्षेप्यास्त्र परीक्षण स्थगित गर्ने प्योङयाङको प्रतिबद्धता प्रति खुसी ब्यक्त गरेका छन् ।

अमेरिकी सन्चारकर्मी र किमको एउटै होटल
उत्तर कोरियाली नेता किमका लागि बुक गरिएको होटलमा पहिल्यै देखि अमेरिकी सन्चार माध्यम बसिरहेका थिए । यो जानकारी पाएपछि त्यहाँ एक प्रकारको अप्ठ्यारो स्थिति बनेको थियो । भियतनामका अधिकारीहरुले तत्परता देखाउँदै अमेरिकी सन्चार माध्यमलाई नजिकको अर्को भवनमा बस्ने ब्यवस्था गरे ।

भियनानमको राजधानी हनोईको होटल मेलियामा पहिले देखि नै अमेरिकी पत्रकार, क्यामराम्यान र फोटोग्राफर पुगि सकेका थिए । जब सुरक्षा बलले सोमबार आफनो ब्यवस्था कडा गर्न थाले, त्यहाँका संवाददाताहरुलाई विश्वासै थिएन कि पश्चिम सन्चार माध्यम र किमको होटल एउटै हो ।

भियतनामका विदेशमन्त्रीले अन्तराष्ट्रिय सन्चार माध्यमलाई अब अर्को स्थानमा पठाइसकेको जानकारी दिए । त्यसको केही समय पछि नै किमको सवारी त्यहाँ पुगेको थियो ।

सीसँग शिखर वार्ता हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँदै नै आफना चिनियाँ समकक्षी सी जिनपिंगसँग एक महत्वपुर्ण शिखर वार्ता गर्ने बताएका छन् । साथै उनले चीनसँग एक नयाँ ब्यापार सम्झौता गर्ने संकेत पनि दिए ।

एक अधिकार सम्पन्न चिनियाँ ब्यापार प्रतिनिधिमन्डल लियु हीको नेतृत्वमा अमेरिकी ब्यापार प्रतिनिधि रोबर्ट लाइट हाइजरको नेतृन्वको अमेरिकी टोलीसँग चार दिनसम्म विस्तृत वार्तापछि आइतबार वासिंगटन प्रस्थान गरेका थिए ।

चिनियाँ ब्यापार प्रतिनिधिमन्डल थप छलफलका लागि छिट्टै नै एक पटक पुन फर्केर आउने ट्रम्पले बताए । विगत केही समय देखि अमेरिका र चीनबीच ब्यापारलाई लिएर तनाव बढेको थियो ।