भारतद्वारा पाकिस्तानस्थित लडाकु अखडा लक्षित हवाई हमला


नयाँ दिल्ली,(एजेन्सी)
छिमेकी राष्ट्र पाकिस्तानसंग हालै भारत अधिनस्थ काश्मिरको पुल्वामा भारतिय फौज माथि लक्षित गरी भएको आत्मघाती बम आक्रमणको कारण तनाव बढिरहेको अवस्थामा भारतले पाक्सितानी भु– भागमा लडाकुहरु विरुद्ध हवाई आक्रमण गरेको जनाएको छ ।

भारत सकारले पुल्वामा ४६ जना अर्ध सैनिक फौजको ज्यान जाने गरी तिनीहरु चढेको बसमा विस्फोटक पदार्थ भरिएको कार ठोकाउने पाकिस्तान स्थित इस्लामकि लडाकु समुह जइस ए मोहमदको बालाकोटमा रहेको तालिम शिविरमा आक्रमण लक्षित रहेको जनाएको छ ।

तर पाकिस्तानले निर्जन खुल्ला क्षेत्रमा सो हवाई हमला भएको जनाउँदै त्यसको प्रतिक्रिया दिइने प्रतिवद्धता जाहेर गरेको छ ।

भारतले गत १४ फेब्रुअरीमा भएको सो आक्रमणका लागि जइस ए मोहमदले औपचारिक रुपमा जिम्मेवारी लिए पनि त्यसमा पाकिस्तानी सुरक्षा निकायहरुको भुमिका रहेको तथा पाकिस्तानले आफ्नो भुमिमा लडाकु समुहहरुलाई गचितविधि संचारलन गने अनुमति दिएको आरोप लगाउँदै आएको छ ।

पाकिस्तानको जवाफी हमला गर्ने चेतावनी

तर भारत जस्तै आणविक शक्ति सम्पन्न मुलुक पाकिस्तानले भने सो आतमघाती हमलामा आफ्नो कुन ैभुमिका नभएके र लडाकुहरुलाई पनि सुरक्षित आश्रय नदिएको बताउन ेगरेको छ । मंगलवार भारत अधिनस्थ काश्मिरलाई पाकिस्तान अधिनस्थ काश्मिरबाट छुट्याउने नियन्त्रण रेखा पारी यो हवाई आक्रमण गएिको हो ।

यसअघि भारत र पाकिस्तानबिच सन् १९७१ म युद्ध भएको हो । बालाकोट पाकिस्तानको उत्तर पश्चिमी खाइवर पाख्तुन्ख्वा प्रान्तमा पर्दछ । त्यहााका वासिन्दाहरुले विविसि उर्दुलाई अचानक विस्फोटनका आवज सुनेर आफुहरु निँद«ाबाट बिउँझेको बताएक छन् । पाकिस्तानले यस घटनाको घोर भत्सर्ना गर्दै आफुले समय र स्थानको छनौट गरी यसको जवाफ दिने जनाएके छ ।

भारतको टाइम्स अफ इन्डियाले बालाकोटमा गरिएको यस सुरक्षा कारवाहीमा कमितमा ३ सय २५ जना लडाकु र २५ जना प्रशिक्षक मारिएको दावी गरेको छ । यता अष्ट्रेलियाले पाकिस्तानलाई तत्कालै आफ्नो भुमिा सक्रिय इस्लामिक लडाकु समुहहरु विरुद्ध अर्थपुर्ण कारवाही थाल्न आग्रह गरेको छ । यसैबिच पाकिस्तानले भाररतिय लडाकु विमानहरुले चारवटा बम खसालेको पुष्टि गरिसकेको छ ।

भारतिय विदेश सचिव विजय गोखालेले पत्रकार सम्मेलनमा भनेका छन् , ‘ जइस ए मोहमदले भारतमा थप आत्मघाती आक्रमणको तयारी गरिरहेको विश्वसनिय गुप्तचर सुचना प्राप्त भएकाले पनि संभावित खतरा सममुख यो हमला गरिन आवशयक रहेको छ । थुप्रै संख्यामा कमानडर लगायत लडाकु माएिकाछन् । तर त्यसमा कुनै सवर्साधारण परेका छैनन् ।

भारतिय प्रधानमन्त्री नरेन्द« मोदीले मंगलवार राजस्थानमा एउटा राजनीतिक ¥यालीलाई सम्बोधन गर्ने क्रममा हवाई हमलालाई प्रत्यक्ष रुपमा सम्वोधन नगरीकन भनेका छन् , ‘ म तपाईंहरुको उत्साह र उर्जा बुझ्छुँ । आजको दिन हामी योद्धाहरुलाई प्रणाम गर्दछौं । ’ आगामी मे महिनाको उत्तरार्धमा भारतमा ेलोक सभाको चुनाव हुँदैछ । पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल आसिफ गाफुरले भारतिय हमलाबाट कोहि हताहत नभएको तथा पाकिस्तानी लडाकु जेट विमानहरुले चुनौति दिन थालेपछि भारतिय विमानह रुफर्कन बाध्य भएको टिव्टर मार्फत जानकारी गराएका छन् ।


सो हमलाको घटनापछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सुरक्षा प्रमुखहरु सहितको एक आपतकालिन बैठक डाकेका थिए । सो बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ , ‘ एक पटक फेरी भारत सरकारले आफैले सिर्जना गरेको अनावशयक काल्पनिक दावी गरेको छ । चुनावी वातावरणमा राजनीतिक स्वार्थ सिद्धका लागि भारत सरकारले क्षेत्रिय शानित र सुरक्षालाई खतरामा पारेर यो घटना घटाएको हो । ’

पकिस्तान सरकाले नियन्त्रण रेखाको उल्लंघन भएको सम्बन्धमा एकिकृत प्रतिक्रिया जनाउन बुधवार संसदको संयुक्त अधिवेशन डाकेको छ । यसैगरी प्रधानमन्त्री खानले बुधवार नै पाकिसनको आणविक हातहतियार मामिला हेर्ने निकाय नेसनल कमान्डर अथोरिटि ( एनसिए ) को पनि विशेष बैठक बोलाइएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

सन् २०१६ को सेप्टेम्वरमा पनि उरी स्थित भारतिय सैनिक अखडामा आक्रमण भएपछि नयाँ दिल्लीले ‘ सर्जिकल स्ट्राइक ’ को नाममा जवाफ दिने निर्णय गरेको थियो । हवाई आक्रमण भएके स्थानमा पाकिस्तानी फौजले घेरावन्दि गरेको छ । आक्रमणको विस्तृत विवरण छानविन भइरहेको कारण सो क्षेत्रमा स्थानिय प्रहरीलाई पनि प्रवेश गर्ने अनुमति दिइएको छैन ।
इसगरी भारतका स्थल , जल र हवाई सेना प्रमुखहरुले इस्लामावादबाट हुन सक्ने कुनै पनि प्रतिक्रियाको सामना गर्न राष्ट्र तयार रहेको ब्यहोरा प्रधानमन्त्री मोदीलाइ जानकारी गराएका छन् ।