अरुण तेस्रोको पावरहाउस नजिकै बम विष्फोट


संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा निर्माणाधीन अरुण तेस्रोको पावरहाउस नजिकै दुई वटा बम विष्फोट गराइएको छ ।

बिहीबार राति पावरहाउसदेखि करीब १ सय १५ मिटर पूर्वमा बम पड्कँदा दुई वटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत्त उत्पादन हुनेछ । यस बहुचर्चित परियोजनाको काम भारतीय सतलज कम्पनीले काम गरिरहेको छ ।

भारत भ्रमणको समयमा वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नुमनाको आयोजनाको रुपमा अरुण तेस्रोको शिलान्यास गरेका थिऐ । त्यसयता सतलज कम्पनीले कामलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।