यमलाल भुसाल, बुटवल।
वन्यजन्तुको संरक्षणसंगै बाली संरक्षण बुटवल तथा आसपासमा चुनौतीपुर्ण बन्दै गएको प्रभाबितहरुले गुनासो गरेका छन । उनीहरुले आफना उत्पादन जोगाउन सरकारका बिभिन्न निकायसंग आग्रह गरेका छन ।
बुटवलमा जारी कृषि मेलाको अवसरमा विहिवार मेलास्थल बुटवलमण्डपमा आयोजित बाली संरक्षणमा बन्यजन्तु व्यवस्थापन बिषयक गोष्ठिका बक्ताहरुले बुटवल बजारका घरमा बादरका कारण पकाएको खाना बचाउन र कार्यालयमा फाइल बचाउन गाह्रो परेको तथा मोतिपुर सेमलार देवदह तिलोत्तमाका किसानले निलगाई, बदेल, घोडार, दुम्सिले लगाएको बाली सखाप पारीदिएको गुनासो गरेका हुन ।
सिम्रिक बहुउद्धेश्यीय सहकारी सस्था मोतिपुरका सचिव टोपनारायण घिमिरेले दुख गरेर उत्पादन गरिसकेपछी भण्डारण गर्ने समयमा बन्यजन्तुले क्षतिपुर्याउदा किसानको समय, लगानी र मेहनत बालुवामा पानी सरह हुन लागेको बताउनु भयो । उहाँले बन्यजन्तुका कारण धानमा १५ देखि २० प्रतिशत, गहुमा २५देखि ३० प्रतिशत तथा तरकारी तथा फलफुलमा ८० देखि शतप्रतिशत नै नोक्सान भईरहेको बताउनु भयो ।उहाँले बाली जोगाउन गाउँमा आलोपालो रातीमा खेत कुर्दा पनि नसकेको बताउनु भयो ।
शुद्धोधनका किसान महेश खनालले बन्यजन्तुले नोक्सानी गरेको क्षतिको बिवरण बढ्दै गएको बताउदै नियन्त्रणका लागि उपाय नखोजिए किसान बिस्थापित हुने बताउनु भयो ।
उहाले कृषिका लागि आवश्यक प्राबिधिक जिल्लामा त छैन गाउपालिकामा प्राबिधिक सहायकबाट किसानले कसरी लाभ लिनसक्ने भन्नुभयो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका पशु प्राबिधिक झबिन्द्र बञ्जाडेले बुटवलका वडानम्वर १, २ ,३ र ४ का घरमा पकाएको खाना र भाडा जोगाउन नसकेको तथा कार्यालयमा कागजात फाइल जोगाउन नसकेको गुनासाहरु आईरहेको बताउनु भयो ।
जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख भरतबाबु श्रेष्ठले बन्यजन्तुको संरक्षण र कृषि बालीको संरक्षण गर्ने दुबै दायित्व सरकारको रहेपनि राष्टिृय अन्र्तराष्टिृय कानुनका कारण बन्यजन्तुलाई मार्न नपाइने बताउनु भयो । उहाले २६ प्रकारका बन्यजन्तुले क्षति पुर्याएमा क्षतिपुर्तिको व्यवस्था भएपनि त्यो अत्यन्त न्यु्न भएकाले बन्यजन्तुले नोक्सान नगर्ने खालका खेति गर्नु उपयुक्त हुने बताउनु भयो ।
संघका अध्यक्ष खिम बहादुर हमालले किसानको समस्या न्युनिकरण कसरी गर्न सकिन्छ र कृषिमा लगानी बढाउन सकिन्छ भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरेको बताउनु भयो ।
कार्यक्रमका बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेबि आचार्यले बुटवलका ६ वटा वडालाई कृषि हव बनाउने योजना अघि सारेको जानकारी गराउदै बन्यजन्तुबाट हुने क्षतिको न्युनिकरणका लागि नगरपालिकाले बीज्ञहरुसंग परामर्श गरी योजना बनाउने आश्वासन दिनुभयो ।











प्रतिक्रिया