२२ वर्षीय युवकले गरे आफैँ बन्दुक चलाएर आत्महत्या

0
Shares

महेश न्यौपाने, रोल्पा ।
वन्दुक प्रहार गरि रोल्पाका एक युवाले आत्महत्या गरेका छन । दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका ९ का २२ वर्षिय मिशन वुढाले आफैँले भरुवा वन्दुक प्रहार गरि आत्महत्या गरेका हुन ।

प्रहरी श्रोतका अनुसार मिशन घरमा कोही नभएको मौका छोपी आत्म हत्या गरेका थिए । मिशन नावालिका छोरीलाई हेरचाह गर्न घरमा वसेको वताईएको छ । श्रीमती कल्पना मेलापात गएको मौका छोपी मिशनले उक्त घटना घटाएका थिए । घाँस काटेर घर भित्र पसेकी कल्पनाले वुईगल चढ्ने लिस्नो मुनी छटपटाईरहेको अवस्थामा श्रीमानलाई देखेकी थिईन । रगत पिच्छे भएर ढलेका श्रीमानलाई पानी पिलाउने प्रयास गरे पनि पिउन सकेनन मिशनका छिमेकीले भने । श्रीमान मेलापात वाट आएको छोटै समयमा मिशनको प्राण गएको वताइएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा पोष्ट मार्टम पछि मृतक मिशनको सव आफन्तलाई वुझाएको ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरिक्षक लेखनाथ चापागाईले जानकारी दिए ।

घटनावारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । यस अघि पनि पश्चिम रोल्पाका एक व्यक्तिले वन्दुक प्रहार गरि आत्महत्या गरेका थिए । वन्यजन्तुको शिकार गर्न लुकाई छिपाई राखिने यस्ता हतियार कहिलेकाँही आत्महत्यामा प्रयोग हुने गरेका छन ।