जन्ती बोकेको ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।
बुधवार राती सिन्धुलीमा जन्ती बोकेको ट्रिपर दुर्घटना हुँदा २ को मृत्यु भएको छ । अरु ४० जना घाइते भएका छन् ।

रामेछापको खाँडदेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा ४ ख ९४३८ नम्बरको ट्रिपर सिन्धुलीको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका काभ्रेको तिमाल–९, की २२ वर्षकी कृगण माया माझी र १६ वर्षीय चुन्पाई लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका मध्ये १० जनालाई थप उपचारको लागि काठमाण्डौको ट्रमा सेन्टरमा ल्याइएको छ । अरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । ट्रिपरमा कतिजना सवार थिए भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।