मानव तस्करीमा नयाँ रुटको प्रयोग, म्यानमारबाट तेस्रो मुलुक पुर्याइँदै नेपाली युवती

0
Shares

दीपक रिजाल, काठमाडौं

नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत हँुदै तेस्रो मुलुक पु¥याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्य खुलेको छ।

भारतलगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइदिने भन्दै विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार पु¥याउने र त्यहाँबाट खाडी तथा अफ्रिकन मुलुकमा पु¥याएर वेश्यावृत्तिलगायत यौनजन्य क्रियाकलापमा जबरजस्ती संलग्न गराउने गरेको पाइएको छ।

महिला बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको माइती नेपालले म्यानमार हुँदै नेपाली युवतीलाई तेस्रो मुलुक पु¥याउने रहस्य पत्ता लगाएको दाबी गरेको छ। काठमाडौं विमानस्थल र भारतका विभिन्न विमानस्थलमा नेपाली महिलालाई तेस्रो मुलुक जानमा कडाइ गरेपछि दलालले पूर्वोत्तर भारतको नाका प्रयोग गरेर म्यानमार पु¥याउने र त्यहाँको यांगुनअन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी नेपाली युवतीलाई अन्य मुलुक पु¥याउने गरेको माइती नेपालका अध्यक्ष विश्व खड्काले जानकारी दिनुभयो।

केही दिनयता नेपाली युवतीलाई भारत हँुदै विभिन्न मुलुक लैजाँदै गरेको सूचना पाएको माइती नेपालले दिल्ली प्रहरीलाई खबर गरेपछि यो रहस्य सार्वजनिक भएको थियो। गत बुधबार दिल्लीबाट ३० जना नेपाली युवतीलाई तेस्रो मुलुक लैजान दिल्लीको राजीव नगरस्थित एक अपार्टमेन्टमा राखेको सूचना पाएपछि दिल्ली प्रहरीले छापा मारेको थियो। उक्त अपार्टमेन्टमा छापा मार्दा प्रहरीले ७ जना नेपाली युवतीलाई त्यहाँबाट उद्धार गरेपछि उनीहरूलाई म्यानमार हुँदै अन्य मुलुक लैजाने गरेको पत्ता लगाएको उहाँले जानकारी दिनुभयो।

दिल्ली प्रहरीले नेपाली युवतीलाई अन्य मुलुक लैजान भारतको पूर्वोत्तरको नाका प्रयोग गर्ने गरेको रहस्य पत्ता लगाएको थियो। भारतीय प्रहरीले आसामको राजधानी मणिपुरस्थित इन्फाल विमानस्थल प्रयोग गरी नेपाली युवतीलाई भारतको सिनामाबाट म्यानमारको राजधानी न्यापित पु¥याउने र त्यहाँबाट अन्य मुलुक लैजानको गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो।

आसाम प्रहरीले म्यानमार जाने तयारीमा रहेका १ सय ३ जना नेपाली युवतीलाई मणिपुरको इन्फालबाट र ७ जनालाई दिल्लीबाट पक्राउ गरी नेपाल फर्काउने तयारी गरेको छ। माइती नेपालले भारतका विभिन्न गैरसरकारी संस्थासँग समन्वय गरी भारतीय प्रहरीले नियन्त्रणमा लिएर विभिन्न सेल्टरमा राखेको छ।

मणिपुर र दिल्लीमा नियन्त्रणमा लिइएका नेपाली युवतीलाई नेपाल फिर्ता गराउन माइती नेपालकोे टोली भारत जाने तयारी गरेको छ। भारतीय प्रहरीले मणिपुरबाट केही दिन यता ६० जना भारतको सीमा पार गरेर म्यानमार पुगेको जानकारी दिएको छ। भारतले नेपाली युवतीहरूलाई दलालहरूले विभिन्न प्रलोभन देखाएर भारतीय भूमी प्रयोग गरेको पाएपछि कडाइ गर्न थालेको छ।

नेपाली दलालले भारतीय प्रहरीलाई प्रभावमा पारेर नेपाली युवतीहरूलाई विभिन्न विमानस्थल र सीमा प्रयोग गर्न थालेपछि केन्द्र सरकारले कडाइ गर्न निर्देशन दिएपछि भारतीय प्रहरी अहिले सक्रिय रुपमा अवैध बाटो प्रयोग गर्ने नेपाली युवतीको खोजीमा जुटेको छ।

भारतीय भूमि प्रयोग गरेर विभिन्न मुलुक पु¥याइएका नेपाली युवतीहरू अफ्रिका, युरोप र खाडी मुलुकका विभिन्न वेश्यालयमा बेचिन पुगेका छन्।