पूननिर्माणका लागि साउदी कोषसँग ऋण सहायता लिँदै सरकार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारले पुर्निमाणका लागि साउदी कोषसँग ऋण सहायता लिने भएको छ । सरकारले अर्थ मन्त्रालयलाई कोषबाट सहायता प्राप्तिका लागि अख्तियारी दिएको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अर्थका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी त्यसलाई अख्तियारी दिने निर्णय गरेको हो ।

यसैबीच, नेपाल–भारत वाणिज्य सन्धी, २००९ पनरावलोकनसम्बन्धि दोस्रो वैठकका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवीशंकर सैंजुको संयोजकत्वमा वार्ता टोली गठन हुने भएको छ ।