फ्रान्स चीन कूटनीति

0
Shares

पेरिस, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले चीनसँगको बहुपक्षीय सम्बन्धमा जोड दिनुभएको छ ।

उहाँले फ्रान्स चीनसँग थप सञ्चार तथा समन्वयका साथ अघि बढ्न चाहेको स्पष्ट गर्नुभएको हो । चिनियाँ विदेशमन्त्री वाङ यिसँगको भेटका क्रममा उहाँले सो जानकारी दिनुभएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ हाल फ्रान्सको औपचारिक भ्रमणमा हुनुहुन्छ । पेरिसमा रहनुभएका चिनियाँ विदेशमन्त्री वाङसँगको भेटवार्तापछि उहाँले सो मन्तव्य राख्नुभएको हो ।

सो भेटका क्रममा फ्रान्सेली राष्ट्रपति म्याक्रोंले फ्रान्स र चीनबीचको सम्बन्धको महत्वमा जोड दिनुभएको थियो ।

त्यस क्रममा उहाँले चिनियाँ विदेशमन्त्री वाङसँग चिनियाँ राष्ट्रपति सि चिनफिङलाई हार्दिक बधाई पनि ज्ञापन गर्नुभएको जनाइएको छ ।

यस वर्ष फ्रान्स र चीनले कूटनीतिक सम्बन्ध स्थापनाको ५५ औँ वार्षिकोत्सव मनाइरहेका छन् । यस अवसरमा यी दुई देशबीच उच्चस्तरीय भ्रमणहरु आदानप्रदान गरिने कार्यक्रम पनि रहेको छ ।

राष्ट्रपति म्याक्रोले यस अवसरमा फ्रान्स र चीनबीचको लगानी तथा साझेदारीसम्बन्धी थप तथा नयाँ कार्यक्रमहरु पनि पहिचान गरिने बताउँदै चिनियाँ कम्पनीहरुलाई पेरिसमा आफूले सदैव स्वागत गरेको बताउनुभयो ।
रासस/सिन्ह्वा